२०८० पुष २४ ,मँगलबार

चितवन। पशुपँक्षी अैाँषधि व्यवसायी सँघकाे १४ अैाँ राष्ट्रिय महाधिवेशन तथा ३३ अैाँ वार्षिक साधारणसभा चितवनमा शुरुभएकाे छ ।भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले उद्घाटन गर्नुभएकाे अधिवेशन भाेलि बुधबारसम्म चल्ने छ ।

७ प्रदेश तथा २२ शाखाबाट आएका प्रतिनिधि , कम्पनी प्रतिनिधि , परिवेक्षक तथा विभिन्न निकायका प्रतिनिधि गरि करिव ८ सय जनाकाे हाराहारीमा सहभागी उक्त सभामा उपस्थित अधिकाँश वक्ताहरुले अैाषधिकाे दुरुपयोग राेक्नुपर्नेमा जाेड दिएका थिए ।

महाधिवेशनबाट आगामी कार्यकालका लागि १ अध्यक्ष,३ उपाध्यक्ष ,१ महासचिव , १ सचिव र १ काेषाध्यक्ष निर्वाचन गर्ने छ भने १महिला सदस्य ,४ खुल्ला सदस्य र सातै प्रदेशबाट ७ जना र मनाेनित र निवर्तमान सहित २१ सदस्यीय कार्य समितिकाे निर्वाचन गर्ने छ । निर्वाचन प्रकृया शुरु भैसकेकाे छ भने अध्यक्ष पदका लागि २ जनाकाे उम्मेदवारी परेकाे छ । अन्य पदमा समेत उम्मेदवारी परे पनि सकेसम्म सर्वसम्मत बनाउने काेशिश गरिने निवर्तमान हुनुभएका केन्द्रीय सदस्य केशव शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0