२०८० पुष २८, शनिबार

खैरहनी,चितवन। ” नवाैँ खिचरा महाेत्सव -२०८०”आजबाट शुरुभएकाे छ । खैरहनी- गाैचरनमा शुरुभएकाे महाेत्सव माघ २० गतेसम्म सञ्चालन रहने छ ।

 

महोत्सवको बागमती प्रदेशका आर्थिक मालिला तथा योजना मन्त्री बाहादुरसिंह लामाले उद्घाटन गरेका छन् ।उद्धाटन सभामा निर्वाचित जनप्रतिनिधि , व्यवसायीक सँघसँस्थाका प्रमुखका साथै सरकारी निकायका प्रतिनिधिहरु अतिथिका रुपमा मञ्चमा उपस्थित थिए ।  सभामा उपस्थित हुन विभिन्न सामाजिक तथा धार्मिक सँघसँस्था तथा नागरिकहरु शाेभा यात्रामा सहभागी थिए ।

प्रमुख अतिथि लामाले थारु समुदायकाे नयाँ वर्षकाे रुपमा मनाईने माघीकाे अवसर पारेरआयाेजित यस महाेत्सवले समाजका विभिन्न समुदायको कला सँस्कृत र भेषभूषा प्रवर्द्धन गर्नुका साथै थारु समुदायको सँस्कृतिकाे सँरक्षण र प्रवर्द्धनमा टेवापुर्याउने बताए ।

“राष्ट्रिय एकता र विविधता हाम्राे शान । बहुजाति ,भाषा,सँस्कृति नेपालकाे पहिचान ।” भन्ने मूल नाराका साथ शुरु भएकाे खिचरा महाेत्सवमा १ सय ५० स्टल रहेका छन् । स्टलहरुमा थारु जातिका साथै विभिन्न परिकारका खानाका परिकार रहेका छन् भने विभिन्न शैक्षिक तथा व्यवसायीक स्टलहरु रहेका छन् ।

महाेत्सवकाे अवसर पारेर विभिन्न विधामा नगद सहित सम्मान गरिनुका साथै खिचरा डान्सआइडल घाेषणा समेत गरिने महाेत्सव मूलआयाेजक समितिका सँयाेजक रामेश्वर चाैधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0