२०८० पुस १२, काठमाडौं ।

मधेश प्रदेशमा सँघका केन्द्रीय अध्यक्ष पूर्णचन्द्र सापकोटाको उपस्थितिमा पुस ९ गते सम्पन्न अधिवेशनले महिला सदस्य पछि थप्नेगरि रामकान्त चौधरीको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ ।

उपाध्यक्षमा क्रमशः विजय कुमार चौधरी,पुरुषोत्तम कुमार चौधरी र निरज कुमार यादव निर्वाचित भएका छन् । यसैगरी सँघको मधेस प्रदेश कमिटीको सचिवमा रामबाबु अधिकारी निर्वाचित भएका छन् भने कोषाध्यक्ष अगरमैन कुमारी चौधरी , सह( कोषाध्यक्षमा सुर्यनारायण यादव निर्वाचित भएका छन् ।

समितिको सदस्यमा भने सत्रुघन प्रसाद मण्डल ,राम आशिष् प्रसाद चौधरी ,खेमराज बुढाथोकी ,मन्दिप कुमार यादव र लाल कुमार कटुवाल निर्वाचित भएका छन् । यसैगरी कोशी प्रदेशमा समेत सँघको प्रदेश अधिवेशन सम्पन्न भएको सँघका केन्द्रीय सचिव दिनेश कट्टेलले बताए ।

अधिवेशनले दिलकुमार लामिछानेको अध्यक्षतामा कोशी प्रदेश कमिटी गठन भएको छ। विधान अनुसार ३ जना उपाध्यक्ष निर्वाचित भएका छन् । जसमा सन्तोष भट्टराई ,पुष्प दाहाल र श्यामबहादुर निरौला९ दिपेन्द्र ० रहेका छन् भने सचिवमा सुभाष चन्द्र गर्तौला, कोषाध्यक्षमा रामकुमार श्रेष्ठ ,सह( सचिव दिपक रिजाल निर्वनचित भएका छन् ।

यसैगरी समितिका सदस्यहरुमा शुभद्रा मिश्र,जिबननाथ भट्टराई । शिवशंकर शाह र रेवतीरमण लुईटेल निर्वाचित भएका छन् । पशुपँक्षी अ‍ौषधि व्यवसायी सँघले गण्डकी प्रदेश अभिवेशन समेत सम्पन गरेको छ । यहि मङ्सिर ९ गते सम्पन्न गण्डकी प्रदेश अधिवेशनले गोपिनाथ बरालको अध्यक्षतामा एकजना पछि थप्नेगरि ११ सदस्यीय प्रदेश कमिटी गठन गरेको सँघका केन्द्रीय सदस्य केशव शर्माले श्रीखबर अनलाइन सञ्चारलाई जानकारी दिए ।

अधिबेशनले अर्जुन थापा र भिमबहादुर सुनारलाई उपाध्यक्षमा निर्वाचित गरेको छ भने अर्जुन मरासिनी सचिव,टेक प्रसाद सापकोटा कोषाध्यक्षमा चुनिएका छन् भने सविता सुवेदी केसी सह( कोषाध्यक्षमा निर्वाचित भएकीछन् । यसैगरी सदस्यहरुमा भने क्रमशः तेजबहादुर भण्डारी ,कुलबहादुर लम्साल ,महेन्द्र मिश्र र मनोज पन्त निर्वाचित भएको केन्द्रीय सचिव दिनेश कट्टेलले जानकारी दिए ।

प्रदेशहरुमा प्रदेश अधिवेशनहरु सम्पन्न गर्दै गैरहेको सँघको केन्द्रीय महाधिवेशन भने यहि २४ र २५ गते चितवनमा सम्पन्न हुँदैछ । पशुपँक्षीको अ‍ैषधि जस्तो अति सँवेदनशील पेशा व्यवसाय सञ्चालन गर्दै देशभर पशुपँक्षीको अ‍ौषधिलाई देश भर सहजरुपमा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका रहेको पशुपँक्षी अ‍ौषधि व्यवसायीहरुको आसन्न अधिवेशन र यसबाट निर्वाचित हुने केन्द्रीय समितिको महत्वपूर्ण जिम्मेवारी हुने भएकोले सक्षम नेतृत्वको छनौटका लागि व्यवसायीहरुको महत्त्वपूर्ण भूमिका रहने विषयमा सरोकारवाला सचेत रहेको केन्द्रीय अध्यक्ष सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0