२०८० पुस १३, शुक्रबार

रत्ननगर, चितवन। रत्ननगर उद्योग वाणिज्य सँघकाे आयाेजनामा पुस २६ देखि माघ ८ गतेसम्म ‘ रत्ननगर महाेत्सव -२०८०’ हुने भएकाे छ । विगत दुईदशक देखि दुई- दुई बर्षमा आयाेजना हुदैआएकाे यस रत्ननगर महाेत्सवकाे ११ अैाँ सँस्करण हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराईयाे ।

Open photo

रत्ननगर नगरपालिका स्थित टिकाैली चाैरमा हुने उक्त महाेत्सवकाे मुख्य प्रायोजक भने हाेटल सेभेन स्टार प्रा. लि. साैराहा रहने छ । रत्ननगर सास्कृतिक खाना महाेत्सवकाे प्रायाेजन सागर डिस्टिलरीकाे उत्पादन राेयल व्लुले गर्नेछ । सह- प्रयाेजन भने एग्राे मिक्स फिड इण्डस्ट्रिज, नेपाल इन्टरनेशनल फर्टिलिटि एण्ड लेप्राेस्काेपी सेन्टर,एकीकृत कृषि फर्मकाे हुने छ भने नेपाल बैँक ,रत्ननगर आधिकारिक बैक र टिकट साैजन्य फस्ट वाक सुजकाे रहने पत्रकार सम्मेलन मार्फत आयाेजकले जनाएको छ ।

आधिकारिक विमा आईजिआईकाे रहने छ भने ग्रेस इन्टरनेसनल चितवनले मुख्य गेटकाे साैजन्य गर्नेभएकाे छ । रेष्टुरेन्ट परिसरकाे साैजन्य काेका काेला वेभरेज र इन्टरनेट सेवामन भने टेकमाइन्डकाे सहभागीता रहने छ । यसाेदा फुड,आईएमई बैँक, प्रायम टायल्स तथा माैलाकालिका केबलकार प्रा लि सहयोगी रहेकाे साे महाेत्सवकाे नेपाल उद्योग बाणिज्य महासँघ, रत्ननगर नगरपालिका ,कालिका नगरपालिका तथा घरेलु तथा साना उद्योग कार्यलयकाे सपाेर्ट रहने छ ।

केरा तथा मकैका विशेष परिकार काे समेत स्टल रहने साे महाेत्सवमा ४ सय ५० स्टल रहनेछन् भने ३ लाख बढी दर्शकले अवलोकन गर्दा करिव २५ कराेडकाे काराेवार हुने आयाेजककाे अपेक्षा रहेकाे महाेत्सवका मूल आयाेजक समिति सदस्य शँकर गिरीले बताए । सर्वसाधारणको लागि ५० रुपैयाँ र विद्यार्थीका लागि २५ रुपैया प्रवेश शुल्क राखिएको महाेत्वमा जेष्ठ जागरिक , फरक क्षमता भएका र एकल महिलालाई भने नि:शुल्क प्रवेश रहने जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0