स्वर्ण महाेत्सवमा सरिक हुन पूर्व प्रधानमन्त्री केपी ओली चितवन आउदै
स्वर्ण महाेत्सवमा सरिक हुन पूर्व प्रधानमन्त्री केपी ओली चितवन आउदै

२०८० पुस १२, चितवन ।

एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पुष १३ गते भाेली चितवन आउने हुनुभएकाे छ । कालिका नगरपालिका स्थित भिमाेदय मा.वि.काे स्वर्ण महाेत्सव तथा अभिभावक दिवसकाे अवसरमा प्राप्त प्रमुख अतिथिको निमन्त्रणालाई स्वीकार्दै ओली चितवन आउन लाग्नुभएको नेकपा एमालेका चितवन अध्यक्ष रामप्रसाद न्याैपानेले बताउनुभयो ।

‘ भाेली करिव १० बजे चितवन आईपुग्ने गरि तालिका बनेकाे छ। बिहानकाे समयमा अध्यक्ष ज्यू कालिका नगरपालिका स्थित खाेलेसिमलमा उपस्थित हुनुहुने कार्यकर्तासँग छलफल र भेटघाट गर्नुहुने छ ।’ – जिल्ला अध्यक्ष न्याैपानेले भन्नुभयाे । पूर्व प्रधानमन्त्री ओलीले विद्यालयमा बनेकाे स्वर्णद्वार उद्घाटन तथा संवरण स्तम्भ अनावरण गर्नुहुने छ भने चन्दादाताहरुलाई सम्मान समेत गर्नुहुने कार्यक्रम रहेकाे विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ पाैडेललले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0