२०८० भाद्र २० , बुधबार

बाँके।बाँके काे खजुरामा १८ औ तीज महोत्सव हुने भएको छ । खजुरा क्षेत्र संरक्षण समितिको आयोजनामा हुने साे महाेत्सव १८ औ सृङ्खला हो । क्षेत्र संरक्षण समितिले आज पत्रकार सम्मेलन गरेर तीज महोत्सवको तयारी तिब्र पारिएको जनाएको छ ।

२२ वर्ष पहिले खजुरा क्षेत्र संरक्षण समितिले थालेको तीज महोत्सवको निरन्तरताका रुपमा यस वर्ष महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताए । तीज महोत्सव खजुराको एउटा गहना बनिसकेको उल्लेख गर्दै बाँके र बर्दियाका अवलोकन कर्ता , श्रद्धालु तथा दर्शालु दिदीबहिनीहरु खजुरामा पुजा गर्न आउने र नाचगान, गीतमा रमाउने परम्परा बनेको अध्यक्ष बुढाथोकीले बताए ।

महाेत्सवमा मौलिक शैलीमा आफै मादल बजाएर तीजको भाकामा गीत गाउने र नाच्ने ब्यवस्था मिलाईएको र समुहगत र एकल तीज र नृत्यको प्रतियोगिता रहने छ भने महेात्सवमा ५० हजार बढी दर्शक र ब्रतालुहरु भेला हुने आयोजकले अपेक्षा गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्षेत्र संरक्षणका पूर्व अध्यक्ष शिवराज श्रेष्ठले ५ दशक पहिले देखि लक्ष्मीनारायण परिषरमा स्वस्फूर्त रुपमा भेला हुने र तीजको रमझम गर्ने परम्परालाई खजुरा क्षेत्र संरक्षण समितिले ब्यवस्थापन मात्र गरेको बताए । यस वर्ष खजुराको वारी र पारी दुबै स्थानमा महोत्सव राखिएकाले थप आकर्षण हुने आयाेजकले जनाएको छ।

सम्मेलनमा वितरित विज्ञप्तिमा खजुरा क्षेत्र दशकौं अगाडि देखि साँस्कृतिक रुपमा समृद्ध क्षेत्र रहेको दाबी गर्दै नेपालको प्राय सबै जिल्लाहरुबाट बसाँई सरेर आएका नेपालीहरुले बसोबास गर्ने भएकाले खजुरा बहुभाषिक र बहुसाँस्कृतिक रुपमा प्रसिद्ध रहँदै आएको जनाइएको छ । ‘बसाई सराईसँगै आएका गाँउबेसीका साँस्कृतिक कोशेलीलाई खजुराबासीले जिवन्त राखि नै रहेका छन् ।’ विज्ञप्तिमा लेखिएको छ ।

कठिन परिस्थिति देखि नै खजुराले आफ्नो एकता र साँस्कृतिक पहिचान जोगाउँदै आएको खजुरा क्षेत्र संरक्षण समितिले यस वर्ष पनि आफ्नो परम्परालाई कायम राख्दै बृहद तीज महोत्सवको सृङ्खलालाई निरन्तरता दिने भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महोत्सवमा परम्परागत लाखे नाच प्रदर्शन हुने छ । मौलिकता हराएको अवस्थामा आफै मादल बजाएर मौलिक भाकामा प्रस्तुतिकरण हुने तीज गीत र एकल नृत्यु प्रतियोगिता महोत्सवका आकर्षण हुने समेत संरक्षण समितिले जानकारी दिएको छ ।

श्रीखबर अनलाइन सञ्चारका लागि- हरि अधिकारी , पश्चिम नेपाल प्रतिनिधि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0