२०८०भाद्र २१, बिहीबार
उपचारको क्रममा मृत्युु भएका काठमाडौ १६ नम्बर वडाका वडा अध्यक्ष मुकुन्द रिजालको पर्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिने काठमाडौं महानगरपालिकाले जनाएको छ।
२०२७ साल कार्तिक १९ गते जन्मनुभएका स्व.रिजाललाई उच्च ज्वरो र निमाेनिया देखिएपछि ५ पाँच दिनसम्म ग्राण्डी अस्पतालमा राखेर उपचार गरिएकोमा वहाँकाे आज बिहान ७:३० बजे निधन भएकाे अस्पतालले जनाएको छ।
नगर कार्यपालिका अन्तर्गत पूर्वाधार विकास समितिका सँयाेजक समेत रहनुभएका स्वर्गीय रिजाल २०७४ सालकाे स्थानीय तहकाे निर्वाचित वडा सदस्य समेत हुनुहुन्थ्याे ।
स्वर्गीय रिजालको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्तिम सँस्कार गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1