२०८० भाद्र १९, मँगलबार
काठमाडौं । चेपाङहरुकाे राष्ट्रिय पर्व न्वागी काे अवसरमा बागमती प्रदेशका दुई जिल्लामा सार्वजनिक बिदा हुने भएकाे छ ।
प्रदेशकाे मन्त्रीपरिषद बैठकले चितवन र धादिङमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएकाे बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन गँगानारायण श्रेष्ठले जानकारी दिए । साे जिल्ला चेपाङकाे राम्राे उपस्थिति रहेकाे जिल्ला पनि हाे ।
प्रदेश सरकार प्रदेश भित्रका अन्य निर्णय समेत गरेकाे छ । प्रदेश नीति तथा याेजना आयाेगकाे सदस्यमा बुढानिलकण्ठका कृष्ण कुमारी बस्नेतलाई नियुक्त गरेकाे छ भने विपद व्यवस्थापन काेष परिचालन कार्यविधि समेत स्वीकृत गरेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1