मङ्गलबार २ असार २०८०

चितवन/ अब  स्थानीय निकायबाट विभित्र कारणले छुट सुबिधाका लागि सिफारिस लिइ उपचार  लिन भरतपुर अस्पतालमाआउने बिरामीहरुले  बिरामीको नाम मात्र लेखिपठाएर नभै सम्बन्धित स्थानीय निकायबाट बिरामीको फाेटाे समेत प्रमाणित गरेर पठाउनुपर्ने भएकाे छ ।

अस्पतालकाे सामाजिक सेवा एकाईले श्रावण २ गते एक सार्वजनिक सूचना प्रकाशन प्रशारण गरि साे जानकारी गराएकाे हाे ।

Open photo

अस्पतालले विगतका वर्षहरु देखि नै जेष्ठ नागरिक , सिमान्तकृत, जनजाति ,आदिवासी , अति विपन्न बिरामीहरुकाे आँशिक तथा पूरै छुटमा सेवा उपलब्ध गराउदै आएकाे स्मरण गराउँदै अस्पतालले जाति जनजातिका तथा भूगाेलका आधारमा नभै बिरामीकाे गरिबी र उपचार खर्च जाेहाे गर्न कठिन नागरिकहरुलाई उपचारमा सुविधा दिन  आर्थिक अबस्थाकाे मुल्यांकन गरेर मात्र छुट दिईने  अस्पतालका सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पाैडेलले बताउनुभयो ।

ओेपिडि कक्षमा उपचार सेवालिन आउनुभएका विशेषगरी विमा सुविधाका बिरामीहरुले हाेलबडी देखि सिटिस्क्यानसम्मकाे जाँच सिफारिस गरिदिन भन्ने साेचलाई  निरुत्साहित गर्ने र अत्यावश्यक बिरामीलाई विशेषज्ञ डाक्टरकाे सिफारिस विना सिटिस्क्यान सेवा उपलब्ध नहुने जनाउँदै ओेे पि डि सेवामा सिटि सिफारिस नहुने व्यवस्था भएकाे प्रा.डा. पाैडेलले जानकारी दिनुभयाे ।

Open photo

हरेक डाक्टरकाे साेच र याेजना बिरामीलाई कसरी उचित परामर्श दिउँ भन्ने हुँदाहुँदै पनि जनशक्ति काे अभावमा बिरामीकाे चापलाई थेग्नै नसकिरहेकाे अवस्थामा झन् विरामीले अनावश्यक जाँच तथा परिक्षण गरि कसरी विमाकाे पैसा सिध्याउँ भन्नेगरि प्रस्तुतहुँदा उपचार प्रकृयामै अप्ठ्यारो हुनेहुनाले बिरामी र विरामीका आफन्तहरुलाई समेत सहजरुपमा प्रस्तुत भैदिन समेत अनुराेध गर्दछाैँ- डाक्टर पाैडेलले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0