बुधबार ३,असार २०८०

काठमाडौं / एक हजार दुई सय मेगावाट क्षमता भएकाे बूढीगण्डकी जलविद्युत आयोजनाकाे काम अघिबढाउने भएकाे छ । साे आयाेजनाकाे फिल्ड कार्यालयकाे उद्घाटन गर्न आज प्रधानमन्त्री प्रचण्ड गाेरखाकाे सिउरेनीटार जानुहुने भएकाे छ । काठमाडौं स्थित प्रधान कार्यालयकाे उद्घाटन भने यस अघि  असार ३१ गते नै जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले गरिसकेका छन् ।

गण्डकी गाउँपालिका – ८ सिउरेनीटारमा रहेकाे मुआव्जा बितरण तथा पुनर्वास तथा पुनस्थापना ईकाईलाई नै कम्पनीकाे रुपमा रुपान्तरण गरिएको हाे । प्रधानमन्त्री पुष्पकमल दाहाल ,प्रचण्डले नै आयाेजना अघिबढाउन चासाे देखाएको मन्त्रालय श्राेतले बतायाे ।

करिव ३४ अर्ब ३० कराेड रुपैयाँ मुआब्जा वितरण गरिसकेकाे र घरगाेठ बाेट विरुवाकाे समेत थप करिव ७ अर्ब वितरण गरिसकेको साे प्राेजेक्टलाई कम्पनीकाे रुपमा स्थापना गरिएको छ। करिव ५० हजारकाे हाराहारीमा मानिसहरु प्रभावित साे कम्पनीकाे डिपिआर भने सन् २०१४ मै फ्रान्सेली कम्पनी ट्याक्टबेलले तयार पारेकाे हाे ।

Open photo

धादिङको बेनिघाटबाट दुई किलाेमिटर अगाडि करिव दुई सय मिटरअग्लाे बाँध निर्माण गरि देशलाई आवस्यक पर्ने विद्युत निकाल्ने र बढिभएकाे बिजुली अन्तर्राष्ट्रिय बजारमा बेच्ने दिर्घकालिन याेजना सहित राज्यले गाैरवकाे आयाेजनाका रुपमा याे महत्वाकांक्षी याेजनाकाे कम्पनी कार्यान्वयनकाे चरणमा अघिबढेकाे नवनियुक्त कार्यकारी प्रमुख श्रेष्ठ बताउनुहुन्छ ।

भूकम्पीय जाेखिम क्षेत्र भित्र रहेकाे नेपालमा यस्ताे महत्त्वाकाक्षी याेजन जति महत्त्व र आवस्यकताकाे रुपमा हेरिरहेको छ अति ठुलाे जलाधार , पहाडी भूभाग र मानव निर्मित बाँध माथि प्रकृति जाेखिमलाई कसरी अनुकुलतामा लैजान सकिन्छ समयले निर्धारण भने पक्कै गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0