२८ जेष्ठ २०८०,आईतवार ।

चितवन/ रत्ननगर स्थित गामबेशीकाे चेपाङ सँरक्षण केन्द्रमा आज विधिवत रुपमा शिव पूजन तथा शिवलिङ्गमा जलधारा गरिएको छ ।

जब जब पानी नपरी अनाब्रिष्टी हुन गै समाजमा हाहाकार काे स्थिति हुनजान्छ तब तब गाउँघर समाजमा स्थापना गरिएका शिवालय, शिव मन्दिर तथा आस्थाका मन्दिरहरुमा गै पूजा अर्चना गर्ने हिन्दु धर्मीय सनातनी चलन हाे । गाउँलेहरु भेलाभएर शिवजी काे आराधना गर्ने, शिवलिङ्गमा जलधारा गर्ने र साेहि पानी छ्यापाछ्याप गरी शिवपुकार गरेपछि शिवजी प्रशन्न भै पूजापाठ गरेकाे ३ दिन भित्र पानीको वर्षाहुने गरेकाे सनातनी धर्मगुरु तथा जानकारहरु बताउँछन् ।

शिक्षा र सँरक्षणबाट असहजमा परेका चेपाङ बालबालिकालाई विगत १२ देखि आवाशीय रुपमा शिक्षा र सँस्कार प्रदानगराउँदै आईरहेकाे गामबेशीकाे चेपाङ सँरक्षण केन्द्रलाई सँरक्षण गरिरहनुभएका सामाजिक अभियान्ता केपि किरण शर्मा ( कपिल प्रसाद खनाल) ले लामाे समयसम्म पानी नपरि प्राणी तथा वनस्पति जगतलाई नै कठिन परिस्थिति श्रृजना भैरहेकाे र तापक्रम समेत दिनानुदिन बढिरहेकाे अवस्थामा हिजाेका बुबापूर्खाले शिवजीकाे पूजा आरधाना गरि शिवमा जलधारा गर्ने गरेकाे र ३ दिन भित्र पानी पर्नेगरेकाे सनातनी आस्था र विश्वासकाे निरन्तरता स्वरुप आज यस केन्द्रमा अवस्थित शिव प्रतिमामा पुजन कार्य गरिएको बताउनुभयाे।

पूजन कार्यमा सँलग्न मुख्य पुराेहित पण्डित उदयकृष्ण भट्टराईका अनुसार हिन्दु धर्म वैदिक सनातन धर्म तथा पूर्वीय दर्शन द्वारा निर्देशित छ । हिजाे देखि नै पानी नपरी खडेरी परेकाे समयमा गाउँ का शिवालय मन्दिरहरुमा शिव पूजन तथा जलधारा गरि महादेव प्रशन्न पार्ने र महादेव खुशी भै ३ दिन भित्र पानी पर्ने गरेकाे आस्था र विश्वासकाे आधारमा याे शिव पूजन तथा जलधारा कार्य गरिरहेका छाैँ, पुराेहित भट्टराईले भन्नुभयो ।

समाजशास्त्रमा स्नातकोत्तर समेत गरेका पत्रकार कृष्णप्रसाद खनाल पूजाकाे मुख्य कर्ता थिए ।”

आज विश्व बालश्रम बिरुद्धकाे दिवश पनि हाे। चेपाङका काेखबाट जन्मिएका बालबालिकाले आफ्नाे जिन्दगीलाई विभिन्न रुप र बहानामा बालश्रमिकका रुपमा बेच्न नपराेस्, उनीहरुले पनि समाजबाट प्रतिष्ठा र सम्पन्नता प्राप्त गरेका जात र वर्ग सरह शिक्षा प्राप्त गर्न पाउन् भन्ने पवित्र उद्श्यले सन्चालित केपि किरण शर्माकाे मानवतावादी चेतकाे याे पवित्र थलाे हाे – कर्ता खनालले भने । याे सँरक्षण केन्द्रमा चेपाङ बालबालिकालाई आवासीय रुपमा सँरक्षण रहेकाे छ । उनीहरुलाई आधुनिक शिक्षाकाे साथमा आफ्ना माैलिक परम्परा समेत सिकाउँदै उनीहरुकाे सनातनी धर्म सँस्कृति र परम्परा समेत हस्तान्तरण गर्नुपर्ने छ ।

शिव भगवान चेपाङ जातिय धर्ममा समेत मुख्य आराध्य देवताकाे रुपमा पुजिने भएकाेेले आजकाे दिनमा शिव जीकाे पूजा आराधनाकाे बारेमा समेत जानकारी गराउँने उद्देश्यले पनि शिव आराधना तथा जलधारा कर्म गरिरहेका छाैँ कर्ता खनालले भने ।

हामी भाैतिकवादी चेतलाई आध्यात्मिक मार्ग, धर्म, सँस्कृति र सनातनी आस्था र विश्वासको जगमा टेकेर जीवन र जगतलाई हेर्ने काेशिसमा छाैँ । जब जब अनावृष्टी , खडेरी तथा हाहाकारकाे अवस्था आउँथ्याे तब समाजमा शिवालय, मठ मन्दिरका शिवलिङ्गमा जलधारा र शिवजी काे अराधना गरि पानीकाे लागि पुकारा गरिन्थ्यो शिवजी प्रशन्न भै ३ दिन भित्र पानी पर्नेगरेकाे भन्ने प्रचलनमा आधारित रहेर यस केन्द्र भित्र स्थापित शिवजीकाे पुजन कर्म गरिएको हाे – उनले भने ।

शिव पूजन तथा जलधारा कार्यमा मुख्य पुराेहित काे साथमा जयमङ्गला स्थित सँस्कृत गुरुकुलका विध्यालयका विध्यार्थी गुरुहरु द्वारा मन्त्राेउच्चारण भएकाे थियाे भने अभियन्ता केपि किरण शर्मा र आश्रमका बालवालिकाका साथै दर्वुङ चितवन सम्पर्क समाजका अध्यक्ष केदार खनाल तथा समितिका सदस्यकाे समेत उपस्थिति रहेकाे थियाे ।

महादेवकाे पुजा गरि जलधारा गरेमा श्रीमहादेव प्रशन्न भै ३ दिनभित्र पानी पर्ने गरेकाे समाजका अनुभवीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0