२६ जेष्ठ २०८०,शुक्रबार

चितवन/शिव शिखर बहुउद्देश्यीय सहकारीबाट ठगीएकाे भन्दै ” शिव शिखर पीडित सँघर्ष समितिकाे पहलमा जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी परेकाे छ ।
नियाेजित तरिकाले ठगी गर्ने उद्देश्यले देशैभर शाखा खाेली सबै शाखाहरुबाट करिव १० अर्व ठगी गरि सन्चालक फरार रहेकाे शिबशिखर सहकारी पीडित सँघर्ष समिति चितवन ( भरतपुर र टाँडी )का सँयाेजक सुरेशजँग पाण्डेले बताउनुभयो ।

साे सहकारीले भरतपुर शाखाबाट मात्रै ८०४४ जनाबाट करिव ७० कराेड ठगी गरेकाे सहकारी पीडित सँघर्ष समिति का सँयाेजक नारायण भण्डारीले बताउनु भयाे ।
सो सहकारीका स्थापना कालका मुख्य सन्चालक अध्यक्ष रत्नाखर शर्माका छाेरा उढरापुर २ बाँके स्थाई ठेगाना भएका केदारनाथ शर्मा हुन् भने हालका अध्यक्ष काेहलपुर -४ बाँकेका सुशील बानियाँ हुन् ।

मुख्य कार्यालय काैशलटार मध्यपुर ठिमी नगरपालिका भक्तपुर रहेकाे साे सहकारीमा दजि बहादुर तामाङ काे छाेरा लदाभिर सिन्धुलीका तेज बहादुर तामाङ छन् । उनी साे सँस्थाका सचिव हुन्। सदस्यहरुमा अमृतलाल भण्डारी का छाेरा काठमाडौं ४ का अनिस राजभण्डारी,कृष्णगाेपालका छाेरा भक्तपुरका राजु शाककर्मी,कैलालीका भुवानी सिँहका का छाेरा दिपक बहादुर ऐर रहेकाे श्रीखवर सञ्चारले प्राप्त गरेकाे सूचनामा उल्लेख छ । यसैगरी जनक बहादुर मल्लको छाेरा बाँझ -८ बाझाङ घरभएका पुष्कर मल्ल ,उर्लाबारी -६ का लिलानाथ गाैतम भने साे सहकारीका व्यवस्थापक हुन् । उनी चन्द प्रसादका छाेरा हुन् ।

१० वटा भन्दा बढी सँस्था सँचालन गरेर शिव शिखर अर्गनाइजेसन काे नामले छाता सँस्था बनाएका साे सँस्थाकाे निर्देशक भने भानुभक्त का छाेरा काेहलपुर -३ घर भएका गिता शर्मा हुन् भने साविक सितापुर -१ का युवराज थापा समेतको साे सँस्थामा सँलग्नता रहेकाे सहकारी पिडित सँघर्ष समितिले जनाएको छ।

आज रत्ननगर टाँडी र भरतपुरकाे बचत पिडितहरुले सँघर्ष समिति मार्फत करिव ७० कराेडकाे विगाे तथा हर्जना दाबी गर्दै असुल उपर गर्न र ठगी गर्ने उपराेक्त व्यक्ति हरुलाई प्रचलित कानुन बमोजिम कार्वाही गर्न जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी पेस गरेका छन्

देशका विभिन्न भागमा रहेका उक्त सहकारी का पीडितहरुले पनि किटानी जाहेरी दिन पहल भैरहेकाे पीडित हरु बताउँछन् ।

चितवनका सँघर्य समितिका सदस्यहरुले एक महिना लगाएर पीडितहरुकाे लगत तयार पारेकाे थियाे ।

अब याे ठगी प्रकरणलाई प्रकृयामा लैजाने प्रहरी कार्यलय चितवनले जननएकाे छ भने यस अघि नै सन्चालक मध्यका पुष्कर मल्ल,गिता शर्मा र अनिशराज भण्डारी भने पक्राउ परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0