२०८१ बैशाख ७, शुक्रबार

प्रकाशबाबु खनाल

रत्ननगर,चितवन। चितवनमा मनाइएको २९औं वन्यजन्तु सप्ताहको अन्तिम दिन शुक्रवार संरक्षणकर्मी र पत्रकारलाई सम्मान गरिएको छ ।

समापन कार्यक्रममा संरक्षणमा योगदान दिने १० जनालाई कदरपत्र सहित सम्मान गरिएको थियो ।  वातावरण संरक्षण अभियन्ता ज्ञानेन्द्रराज पाण्डे, संरक्षणकर्मी चरा विद टिकाराम गिरी, वसन्त राना मगर, पत्रकारीतामा श्रव्यदृष्य मार्फत योगदान पुर्याएबापत आभाष टेलिभिजनका प्रवन्ध निर्देशक कोमल चन्द्र भगत, पत्रकार जसपाल न्यूजका सञ्चालक विकाश पौडेल, पर्यापर्यटन पर्यापर्यटनमा योगदान पुर्याएबापत गाईड राजेन्द्र धामी, युवराज पौडेल, ह्याप्पी लेमन ट्री, होटल नेशनल पार्क र जंगल सफारी रिसोर्टलाई  सम्मान गरिएको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले जानकारी दिए ।

सोही अवसरमा वन्यजन्तु सप्ताह अन्तर्गत संरक्षण सम्बन्धी चित्रकला र बक्तृत्वकाला प्रतियोगिताका विजेताहरुलाई नगद र प्रमाण पत्र सहित सम्मान गरिएको थियाे ।

कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले निकुञ्जको आसपास क्षेत्रको संरक्षणमा समेत लाग्न सबैमा अनुरोध गरे । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलवहादुर पुर्जा पुन, संरक्षण अधिकृत तथा मध्यवर्ती शाखा प्रमुख चितवन राष्ट्रिय निकुञ्जका गणेश प्रसाद तिवारी, रत्ननगर वडा नं. ६ का वडा सदस्य विरेन्द्र महतो, मृगकुञ्ज उपभोक्ता समितिका निवर्तमान अध्यक्ष बासु ढुङ्गाना, वर्ड एजुकेशन सोसाईटीका अध्यक्ष टिकाराम गिरी, बाघमारा वनका अध्यक्ष जीत वहादुर तामाङ, तराई भु परिधी [ताल]का क्षेत्रीय ईन्चार्ज प्रेम पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ रेन्जर ऋषि सुवेदी लगाएतले मन्तव्य राखेकाे उक्त कार्यक्रमकाे उद्घाटन भने बैशाख १ गते भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0