२०८० चैत्र २९, बिहीबार

चितवन। समसामयिक विषय उठानगरी निर्माण गर्नलागिएकाे नेपाली चलचित्र ` जुनकिरी´ काे भरतपुरका विभिन्न स्थानमा छायांकन भैरहकाे छ ।

युवायुवतीहरु किन विदेशजान यतिविध्न लालायित भैरहेका छन् जसका कारण समाजमा पारेका कैयन नकारात्मक पक्षमध्य धनसम्पत्तिकाे साथमा घरपरिवार नै सकिने परिस्थिति कसरी आउँनसक्छ भन्ने विषयलाई चलचित्र ` जुनकीरी ´ मार्फत प्रस्तुत गर्ने उद्देश्यले ` घुमाै भरतपुर ´ कै अवसर पारेर यतिखेर भरतपुरका विभिन्न स्थानमा छायांकन गर्न व्यस्त छाैँ – जुनकीरी चलचित्रका परिकल्पनाकार तथा निर्देशक वरिष्ठ कलाकार केदार दवाडीले बताए ।

छायांकन कै क्रममा भरतपुर १२ स्थित रामवेल सामुदायिक वनकाे राईनाे तालमा पत्रकारसँग कुरागर्दै चर्चित कलनकार तथा जुनकीरीका अभिनेत्री सृष्टि खड्काले भनिन् ` याे चलचित्र ले नेपाली समाज भित्र देखिएका जटिल विसँगतीकाे उठान गरेकाे छ। सन्तानकाे उज्जल भविष्यका लागि गाउँ छाेडेर शहर पसेकी एउटी सिधासाधा महिला कसरी सहरीया तडकभडकमा फस्दैजाँदा कसरी घरपरिवार सकिनपुग्छ र उ आफैलाई धर्तीबाटनै सक्काउनपर्ने स्थितिमा पुग्दछ भन्ने विषय प्रस्तुत भएकाेले आफुले याे चलचित्रको कथाबस्तु असाध्यै मन परेर महत्त्वपूर्ण भूमिकामा रहेकाे छु ।

यसैगरि जुनकीरी चलचित्रका लागि अदालतमा भैरहेकाे बहस पैरवीकाे छायांकन स्थलमा भेटिनुभएका वरिष्ठ लेखक, निर्देशक सँगितकर्मी मुकुन्दकिशाेर भट्टराईले भने मैले जिवनकाे ५० वर्ष कलाकारीताकाे अनेक विधामा कामगरेँ तर म आज अलिक बढी भावुक भएकाे छु ।

 

मुकुन्दकिशाेर भट्टराई                                                          मुकुन्दकिशाेर भट्टराई

मलाई आँसुझार्नु कुनै बाहिरी आँसु राख्नपरेकाे छैन । कथाले धरधरी रुवाएकाे छ । ` एउटी गाउँले सिधासाधा चेली कस्ताे आशा र सपना बाेकेर लाेग्नेलाई एयरपोर्टबाट विदाई गरी लालाबाला बाेकेर शहर पस्छिन् , शहरीया परिवेशले उनी , उनका सारा सफना र जिन्दगी स्वाहा हुनपुग्छ भन्ने कथावस्तुले मलाई कटक्क पार्याे र याे चलचित्रमा अभिनय गर्न मनैदेखि राजी भएँ ।

´ बबि फिल्मस्काे व्यानरमा निर्माण भैरहेकाे चलचित्र ` जुनकीरी ´सबै उमेरका दर्शकलेकाे जीवन कहानीसँग मेलखाने भएकाले दर्शकहरुलाई भरपूर मनाेरन्जनका साथ सचेतना छर्न सफलहुने जुनकीरीका निर्देशक तथा वरिष्ठ कलाकार केदार दवाडीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0