निलो रङ्ग आकाश मुनि खुलेको छ कमल।

सेतो अनि पबित्र छ हिलै बिच रहे पनि

रमाउदै आफ्नै रङ्गमा भुलेको छ कमल।

बोकि गन्ध झिंगा हरु वरिपरि घुम्दा पनि

दुर्गन्ध बिच बासना दिदै झुलेको छ कमल।

कति दुख्यो कति झुक्यो उस्को सिर तलाउ मा

गुण सुगन्धहो फैलाउन डुलेको छ कमल ।

सुङ्गुर फाल हाली हिलो खान्छन् पोखरी मै

डुबि मरुन निर्धक्क भै फुलेको छ कमल।

जयन्ती अधिकारी

भरतपुर -७

२०८०/१२/२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0