२०८० चैत्र २७, मङ्गलबार

बचत रकम ठगीगरेकाे आराेपमा सनराइज बचत तथा ऋण सहकारीका सञ्चालक पक्राउ परेकाछन् ।

लामाेसमय फरार रहदैआएका सञ्चालक नरेन्द्र कुमार रिजाल र सचिव याेगेन्द्र पाण्डे पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकाे छ।

चितवनको लायन्सचोक, विकासचोक, चनौली र पार्वतीपूरमा कार्यालय स्थापना सहकारीले कारोबार गर्दै आएको थियो । करिब एक बर्षभन्दा अघिदेखि सहकारीका सञ्चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, अहिलेसम्म सनराईज सहकारीका छ सयभन्दा बढी बचतकर्ताले ठगीको भन्दै उजुरी दिएका छन् । उनीहरुको करिब ३३ करोड रुपैयाँ रकम सहकारीमा फसेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिए । उजुरी दिने क्रम जारी रहेकाले यो रकम अझै बढ्न सक्ने उनले बताए ।

यस सहकारीका सञ्चालक समितिका अध्यक्ष रिमाल सहित उपाध्यक्ष सन्तोषि केसी, सचिव योगेन्द्र पाण्डे र कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवाली विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0