२०८० चैत्र २२ बिहीबार

चितवन । प्रेस युनियन चितवनले पत्रकार महासँघकाे अधिवेशन तत्ककाल राेक्न माग गरेकाे छ ।

सदस्यता कै टुङ्गाे नलागेकाेले अधिवेशन भन्दा पहिला सदस्यताकाे टुङ्गो लाग्नुपर्ने प्रेस युनियनकाे केन्द्रीय कमिटीको बैठकले निर्णय गरेकाले चितवनकाे आसन्न अधिवेशन पनि साे विषय नटुङ्गदासम्मका लागि स्थगित हुनुपर्ने प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल बताउनुहुन्छ ।

युनियनले हिजाे नेपाल पत्रकार महासँघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीलाई ध्यानाकर्षण पत्रसमेत बुझाएको थियाे । महासँघकाे यहि चैत्र २४ गतेका लागि जिल्ला अधिवेशन बाेलाएकाे छ ।

ध्यानाकर्षण पत्र बुझ्दै महासँघका अध्यक्ष अधिकारीले वार्ता र छलफलबाट यी समस्या हलहुने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0