२०८० चैत्र २१ बुधबार

चितवन । जिन्दगीका ४० बर्षभन्दा बढी समय स्कुल र कलेजका कक्षाकाेठा र ब्ल्यकबाेर्ड  समय व्यतीत गर्दाकाे समयकाे जत्तिकै जाेश , जागर र उत्साह देखिन्छ हरि सरकाे ।

रत्ननगर -१४ स्थित `अधिकारी मल्टी एग्राे फर्म ´ शुरु गर्नुभएका हरिप्रसाद अधिकारी काे कृषि फर्म कृषिमा रुचिराख्ने जाे काेहीकाे खुल्ला विश्वविद्यालय हाे भन्छिन् भरखरै कृषि तथा वन विश्वविद्यालय रामपुरमा बाली विज्ञानमा स्नातकोत्तर गर्ने क्रममा फिल्ड रिसर्चका लागि हरिसरकाे फर्ममा भेटिनुभएकी रक्षा खनाल । खनालले भनिन्  ` हरि सर बागवानी कृषक मात्रै नभएर एउटा उत्कृष्ट विज्ञता भएकाे गुरुसमेत हुनुहुदाेरहेछ। ´

` फिल्डबाट अनुभव प्राप्त भएर हाेला – बिरुवा लगाउनुपूर्व जमिनको व्यवस्थापन , माटाे उपचार देखि बिरुवा छनाैट र लगाउने उचित समयकाे समेत राम्राे ज्ञान रहेकाे आफुले पाएकाे र हरि सरसँग कसरी विरुवामा मलखाद र राेग किराकाे उपचार गर्ने भन्ने समेत बैज्ञानिक विधिकाे ज्ञान रहेकाे पाएकाे खनालले भनिन् ।

हरि सरले खैरहनी र राप्ती क्षेत्रका करिव ३० विगाहा जमिन भाडामा लिएर केरा खेती समेत गर्नुभएकोमा हाल रत्ननगर १४ स्थित आफ्नै करि ६ विगाहा क्षेत्रफलमा आधुनिक फलफूल खेती गरिरहनु भएकाे छ।

फर्ममा करिव २ विगाहामा ड्रागनफुड खेती छ भने १ विगाहा बढिमा लटरम्म फुलेका लाेकल कागती छन् । माेरिङ्गा अर्थात सितलचिनीकाे कच्चा पात बेच्दा भन्दा अर्धतयारी र तयारी बनाएर बेच्दा बजार र मूल्य दुबैपाईने हुनाले आफैँले पात सुकाउने आधुनिक घर बनाउनुभएका हरि सरकाे बगानमा १ बिगाहा भन्दा बढि माेरिङ्गा खेती छ भने यसलाई अझै बढाउने धाेकाे रहेकाे बताउनुहुन्छ । ` पहाडमा मात्रै कागती फल्छ भन्ने साेचलाई बदल्दै तराई मै सफल कागती खेती गर्ने याेजना मा छु ´- हरि अधिकारी भन्नुहुन्छ ।

करिव एक विगाहामा भुँईघटर लगाउनुभएका हरि सर खेतीलाई कम लगानीमा खर्च कसरी धेरै आम्दानी गर्न सकिन भन्ने प्रविधिकाे अनेक परिक्षण गर्दैहुनुहुन्छ । कुनै प्लट बहुबाली खेती परिक्षण गर्नुभएकाे देखिन्छ भने कतै प्राकृतिक रुपमा विना खनजाेत खेतीगर्दा कस्ताे आम्दानी हाेला भनी परिक्षण भएका छन् ।

विषादी र रसायनिक मलकाे सकेसम्म कम प्रयाेग गर्नुपर्नेमा जाेडदिदै डिकम्पाेज मल बनाउने , जमिन मुनीकाे माटाे स्प्रे गरेर किरा नियन्त्रण देखि झारपातबाट कसरी मल बनाउने लगाएतका सफल परिक्षण र प्रयाेग गरिरहनुभएका अधिकारी भन्नुहुन्छ ` जति कम खर्चमा उत्पादन गर्नसक्याे त्यति फाईदा हुने हाे ।´

खेती गर्नुभन्दा पहिले बजारकाे विश्लेषण र सकेसम्म बजारको ग्यारेन्टी हुनुपर्छ भन्नुहुन्छ हरि सर । लहैलहै देखासिकी काे भरमा कुनैपनि पेशामा लगानी फसाउँदा जाेखिम बढी हुने भएकाेले म के गर्दै छु , कति लागत लाग्नेवाला छ , बजार , प्रविधिक र श्रमिकहरुकाे उपलब्धता कस्ताे छ ? देखि कस्ताे जात र अवस्थाकाे बीउ बिरुवा लगाउँदैछु भन्ने अग्रिम हेक्का हुनुपर्नेमा जाेड छ हरि सरकाे।

व्यवसायीले सफलता पाउन व्यक्तिको मात्रै नभएर राज्यकाे समेत अहम् भूमिका र सहयाेग हुनुपर्ने बताउँदै ` बजारमा प्रतिस्पर्धा गर्न नसकिने वस्तु उत्पादन गरेर के गर्नु । नेपाली किसानले उत्पादन गरेका केरा , माछा, कुखुरा , दूध , तरकारी लगाएतका बस्तुहरु कैयौंपटक सडकमा पाेखेर सरकारकाे ध्यानाकर्षण गराउदै राज्यकाे विरुद्ध नारावाजी भएकाे अनुभव सुनाउदै हरि सर भन्नुहुन्छ याे सबै राज्यकाे नागरिक प्रतिकाे बेईमानी हाे, सरकारका अघिपछि गर्नेहरु नै कमिसनका लागि नेपाली सामानलाई कसरी निकम्मा सावित गर्ने र विदेशी सामान भित्याउनेमा लागेपछि नेपाली उत्पादनले कसरी बजार पाउनु ।

बागवानी खेती अरु सनातनी खाद्य बालीजस्ताे हाेईन यसले कित ठिकसमयमा बजार पाउनुपर्छ कित उचित भण्डारण । यदि यी दुईमध्य एउटामात्रै नियमित भएन भने घरझिटि उठिवास नहुने कुरैछैन ।

बागवानी खेतीकाे राम्रो सम्भावना रहेकाे हरि सरकाे अनुभव छ । वहाँ भन्नुहुन्छ ` राज्यले गरिदिएला र पेशा शुरुगराैँला भन्दा हाम्राे पुस्तै सकिनसक्छ त्यसैले हामी किसानहरु एक हाैँ , सँगठत बनाैँ सके साझा नसके अलगअलग खेती गराैँ । बजार व्यवस्थापनका लागि मिलेर खाेजी गराैँ ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0