२०८० चैत्र २४, शनिबार

रामलाल कुमाल, कालिका

कालिका, चितवन । जनतासँग एमाले कार्यक्रमकाे दाैरानमा नेकपा एमाले कालिका – ७ ले अधिवेशन का साथै प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ ।

बागमती प्रदेशका आर्थिक तथा याेजना मन्त्री समेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य जगन्नाथ थपलियाकाे प्रमु आतिथ्यतामा सम्पन्न साे प्रशिक्षण कार्यक्रममा मन्त्री थपलियाले हुग्दीहुँदै पानी त्रिशूलीकाे पानी ल्याएर पुर्वी चितवनमा ३५ मेगावाटकाे विजुली निकाल्नुका साथै सिचाई सुविधा उपलव्ध गराउन याेजना बनाउने बताए ।

साथै खगेरी खाेलामा दुईतर्फी पुल बनाउने , साेकाे लगि डिपिआर समेत तयारगर्न कालिकाका नगरप्रमुख विनाेद रेग्मीलाई अनुराेध गरेका थिए ।

साेहिअवसरमा बाेल्दै एमालेका जिल्ला अध्यक्ष रामप्रसाद ज्याैपानेले एमाले छाेडेर जानेलाई समयले सराप्ने समेत बचाएका थिए भने उपाध्यक्ष कमल पाठकले राष्ट राष्ट्रियता र विकासका लागि एमालेकाे सरकार आवस्यक रहेकाे बताए ।

एमालेका जिल्ला सदस्य तथा कालिका नगरपालिकाका मेयर विनाेद रेग्मीले समेत मन्तव्य रहेकाे साे कार्यक्रममा एमाले प्रदेश कमिटी दिवस पाण्डे,,लक्ष्मी चालिसे ,समेतले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0