२०८० चैत्र २०, मँगलबार

चितवन । सहकारीका समस्य लागि जिल्ला सहकारी सँघले अगुवाइ गर्ने भरतपुरका मेयर रेणु दाहालको रहेकाे छ ।

६७ अैाँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै प्रमुख दाहालले सहकारीका बेथिति अन्त्यका लागि सहकारी सँघले नै अगुवाइ गर्दा प्रभावकारी हुने धारणा राख्नुभएको हाे ।

चितवनमा २०१३ सालमै बखान सहकारी स्थापना भएकाे र भरतपुर १९ साविक बखान सहकारी र सहकारीले निर्वाह गरेका सकरात्मक सन्देशकाे व्यापक प्रचार हुनुपर्ने धारणा राख्दै मेयर दाहालले सहकारीमा समेत ठगीको प्रभावपर्नु दु:खद भएकने बताउनुभयो ।

महानगरपालिकाले विषेश गरी उत्पादनमूलक क्षेत्रमा कृषिका औजार, मेशिन र दुग्ध सहकारीलाई प्रति लिटर ३ रुपैयाँ अनुदान दिँदै आएको दाहालले बताउनुभयो । महानगरले दुग्ध उत्पादन संलग्न सहकारीलाई चिलिङ भ्याट, मिल्क एनालाइजर सेट, कृषि सहकारी, कृषि सहकारीलाई मिल खरिदको लागि ५० प्रतिशत लागत साझेदारी प्रदान गर्ने गरेको छ ।

अहिले चितवनमा मुख्य कार्यालय रहेर खोलिएका सहकारीमा कुनै पनि समस्या नआएको  भएपनि बाहिरी जिल्लाबाट आई सहकारी बिस्तार गरी यहाँको पैसा संकलन गरी अन्य ठाउँमा लैजाने परिपाटीले साहारा, शिवशिखर, लाँलीगुराँस, सनराइज जस्ता सहकारीमा समस्या देखिएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0