२०८० चैत्र १७, शनिबार

चितवन । नेकपा एमाले चितवनद्वारा  सबै वडाहरुमा सञ्चालन भैरहेकाे `जनतासँग एमाले´ कार्यक्रमले एमालेलाई पूनर्ताजगी गर्ने एमाले चितवनका सहसचिव तथा पार्टी प्रचार विभाग प्रमुख प्रकाश ढुङ्गानाले बताएका छन् ।

`नेकपा एमालेलाई जनताकाे घरघरमा पुर्याउनु र पार्टीसँग गाेलवद्ध गर्दै जनताको आशा र भएका गुनाशाहरुलाई बुझेर आगामी दिनमा पार्टीका कार्ययोजना बनाउन तथ्यसम्म पुग्नु कार्यक्रमकाे मुख्य उद्धेश्य हाे ।´- प्रचार विभाग प्रमुख ढुङ्गानाले भने ।

यतिखेर नेकपा एमाले चितवनकाे आयाेजनामा ` जनतासँग एमाले ´ मन्ने नाराका साथ जिल्लाका सबै वडाका सबै टाेल र ईकाइका साथै सबै जनवर्गीय सँगठनहरुका ईकाइसम्म पुग्ने गरि प्रशिक्षण तथा भेटघाट कार्यक्रम सञ्चालन गरिरहेकाे छ ।

`

केहि महिना अघि पार्टी प्रचार विभागकाे आयाेजनामा गरिएको छलफल तथा अन्तर्क्रिया कार्यक्रमले दिएकाे शुझाव र याेजना अनुरुप पार्टीलाई जनताकाे आधारभूत तहसम्म पुर्यएर

जनताका गुनासा र आाशाहरु लाई सम्वाेधन गर्दै पार्टी र जनवर्गीय सँगठनलाई गठन पूनर्गठन गर्दै पार्टीलाई एकताबद्ध र क्रियाशील पार्टीका रुपमा स्थापित गर्ने उद्देश्यले `जनतासँग एमाले ´ अभियान सञ्चालन गरिएको हाै ´- नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्याैपानेले भने ।

नेकपा एमाले चितवनले पार्टी र जनताकाे सम्बन्धलाई थप मजबुत पार्दै जनताका गुनासा सुन्न र पार्टीका सबै जनसँगठनहरुलाई थप क्रियाशील बनाउने उद्धेश्यका साथ जनतासँग एमाले ´ जनअभियान सञ्चालन गरेकाे ,भूगाेलमा रहेका सबैतहका जिम्मेवार नेताहरुलाई जिल्लाका विभिन्न नगरपालिका र वडाहरुमा टाेली नेताकाे भूमिकामा पठाईएकाे बताउदै नेकपा एमालेका केन्द्रीय सदस्य तथा चितवन १( क) का प्रदेशसभा सदस्य जेएन थपलियाले भने ` पार्टीले विभिन्न नगरपालिकामा कार्यक्रमकाे प्रभावकारीता हेर्न र आवश्यक सहयोग गर्न केन्द्रीय नेताहरुलाई जिम्मेवारी ताेकेकाे र आफू भरतपुर महानगरपालिका हेर्ने जिम्मेवारीमा रहेकाे बताए ।

जिल्ला पार्टी कार्यालयका सचिव श्याम विष्ट अनुसार कार्यक्रमलाई थप प्रभावकारी बनाउन भूगोलमा रहेका केन्द्रीय सदस्यहरु मध्य पार्टीका केन्द्रीय सदस्य कपिलदेव पाेख्रेल राप्ती र खैरहनी नगरपालिका अनुगमनमा परेकाछन् भने केन्द्रीय सदस्य शिवकुमारी गाेतामे रत्ननगर , प्रभा बराल कालिका र इच्छाकामनाका लागि अनुगमन सँयाेजक ताेकिएका छन् । यमबहादुर परियारलाई माडी नगरपालिकाकाे अनुगमकाे जिम्मेवारी रहेकाे बताइएकाे छ ।

 

जिल्ला सचिव प्रकाश खनाल शैलेशका अनुसार पालिकाका हरेक वडाहरुमा पार्टीका प्रदेश कमिटी का नेताहरुलाई टाेली नेताकाे रुपमा पठाईएकाे छ भने जिल्ला सचिवालयका जिम्मेवारीमा रहेका नेताहरुलाई अनुगमन तथा सहजिकरणकाे जिम्मेवारी दिईएकाे छ ।

` मलाई पार्टीले इच्छाकामना गाउँपालिकामा अभियान सञ्चालनमा खटाएकाे छ । भरखरै मात्र इच्छाकामना -२ मा अभियान का क्रममा पशिक्षण सम्पन्न गरियाे भने चट्याङले घर क्षेती भएका चन्दबहादुर चेपाङलाई सहयाेग समेत गरियाे ´ – सम्विधान सभा सदस्य समेत रहेका एमालेका नेता कृष्णभक्त पाेखरेलले भने ।

अभियानकाे दाैरानमा पार्टी र जनसँगठन गठन, पुनर्गठन तथा प्रशिक्षण कार्यक्रम हुनुका साथै सदस्यता नविकरण गरिने छ भने एक वडा एक कार्यक्रम अन्तर्गत रचनात्मक कार्यक्रम गरीनुका साथै जनताका गुनासाहरुकाे बारेमा छलफल हुने प्रचारविभाग प्रमुख ढुङ्गानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0