२०८० फागुन २८,साेमबार काठमाडौँ । बदलिँदो राजनीतिक काेर्सले सत्ता मात्रै बदलिएको छैन नेता र नेतृत्वको नियत बुझ्न र आउने दिनमा स्वतन्त्र निर्णय लिन आम नागरिकलाई चेतपूर्ण बल मिलेको छ ।

काेर्स बदलिएसँगै कतिकाे सासकीय सुकिलिदै छन् त कतिका खाईपाई आएकाे पद र प्रतिष्ठा खुम्चिदै छ , अमिलिएर । मन अमिलाे पारेपनि हस् हजुर भैहाल्छ नि भन्दै अमिलो मन पार्दै राजिनामा चडाउनुपर्ने परिस्थितिमा पुगेकी पात्र हुन् माैजुदा राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल ।

 

उनले उपाध्यक्ष छाेड्नुपर्ने अन्यकुनै कारण भन्दापनि माैजुदा प्रधानमन्त्री तथा आफ्नै पार्टी अध्यक्षलाई विश्वासको पात्र आबस्यक परेर नै हाे । केही दिनका लागि भएपनि माओवादी केन्द्रलाई हाल मिलाएबापत सभामुख हातपारेका एमाले र केपी ओलीले परिस्थितिलाई बक्ररेखाबाट चलाउन सफल भएकैकारण प्राप्तिकाे सँघारमा पुगेकाे राष्ट्रियसभाकाे उपाधझ पदकै कारण पनि उर्मिलालाई फास्टाे आईलागेकाे हाे ।

 

हुन त उर्मिला उपाध्यक्षकाे जिम्मेवारीबाट खारिईसकेकी पाकाे पात्र थिईन् । तर उनकाे पाकाेपन आफ्नै पार्टी अध्यक्षलाई विश्वासको पात्र आवस्यक परेपछि पद नछाेडी शुख नपाउने परिस्थितिमा पुग्दैछिन् ।

उता राष्ट्रिय सभा अध्यक्ष प्राप्त भए सँक्रमणकालीन मुद्दामा सकरात्मक भुमिका निभाउने वचन दिएकै कारण राष्ट्रिय सभा सदस्य बनेका कृष्ण सिटाैला भने यसर्थ पुर्पुराे समाउने हालतमा पुगे कि राजिखुशी भएका प्रचण्डले सत्ताकाे आयु लम्याउनकै लागि एमालेसँग गठजाेडमा पुगे र अध्यक्ष आफ्नै विश्वासीमा पार्न सफल भए ।

 

१२ माघ २०७८मा मधेश प्रदेशबाट राष्ट्रियसभा सदस्यमा जितेकी अर्याललाई चैत २५ गते २०७९मा रास्ट्रपतिले मनाेनित गरेका प्रचण्डका नाताका भाइ नारायण दाहाल राष्ट्रिय सभा अध्यक्षमा जानेभएपछि नेतृत्वका कार्यकर्ता तैँचुप मैँ चुपमा परेका छन् ।

प्रचण्डलाई विश्वासीपात्र चाहिनुकाे मुख्य कारण भनेकाे ६ सदस्यीय सँवैधानिक परिषदकाे सदस्यमा एकजना राष्ट्रिय सभाका अध्यक्ष समेत सामेल हुने व्यवस्थाले पनि हाे नारायण दाहाल प्रचण्ड अघिल्लो प्रधानमन्त्री हुँदाका समयका प्रशासनिक सल्लाहकार हुन् भने उनका छाेरा समिर प्रचण्डका २०६६ देखि २०६९ सम्मका स्वकीय सचिव थिए । पार्टीको निर्णय बारे अर्यालको प्रतिकृया छ ,

‘आजसम्म मैले कुनै कलंक बोकेको छैन । उपाध्यक्षको हैसियतले सभा सञ्चालनमा अनुभव लिएँ । यस्तो अवस्थामा पार्टीले प्रमोसन गर्नेपर्ने हो तर, भएको पद पनि खाइदिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0