२०८० फागुन २९, मँगलबार

काठमाडौं । थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालमा शुक्रकीट सँकलन सेवा सुरु गरिएको छ भने निकट भविष्यमा महिलाको डिम्ब समेत सँकलन गरि बैककाे रुपदिईने अस्पतालले जनाएको छ ।

केही समय अगाडि साेहि अस्पतालबाट एक बालक चाेरीभएकाे थियाे । चाेरीकाे कारण आफुले बच्चा जन्माउन नसक्ने शारीरिक अवस्था भएकाे र आमा बन्ने अभिलाषा र परिवारकाे दवाव सहन नसकेकै कारण बच्चा चाेर्नेजस्ताे अपराध समेत गर्नुपरेकाे बताएपछि अझ सन्तान प्राप्तिका लागि महिलाका पिडा झन् पेचिलाे बन्दै गैरहेकाे छ ।

 

बच्चा जन्माउनु सार्वभाैम विषय भएपनि शरीरिक अवस्थाका कारण प्राकृतिक नियम समेत विखण्डन हुने हुनाले आधुनिक विज्ञानको सहयाेगमा बिगत ५ महिना देखि साे अस्पतालले पुरुषको शुक्रकीट सकल गर्ने महत्त्वपूर्ण कार्य गर्दैआईरहेकाे छ ।

हालसम्म १५ जना पुरुषले आफ्नाे शुक्रकीट दान गरिसकेका छन् भने साेही शुक्रकीटकाे सहायताले २ महिलाले आमा बन्ने बाटाे फुकिसकेकाे र गर्भधारण भैसकेको अस्पतालले जनाएको छ । ` हाम्राे याे सेवा प्रभावकारी भैसकेको छ, अब निकट भविष्यमै महिलाबाट डिम्ब समेत सँकलन गरिने याेजना छ´ अस्पताल श्राेतले भन्याे ।

अब शुक्रकीट नभएकै कारण कुनैपनि महिला र डिम्ब नभएकै कारण कुनैपनि पुरुष नि:सन्तान हुने अवस्था नरहने अस्पतालले जनाएको छ ।

उक्त सेवा लिनका लागि सेवाग्राहीले ३ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0