२०८० फागुन २३, बुधबार
जयन्ती लामिछाने
जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ इश्वर को बास हुन्छ। प्रकृति ,शक्ति, ममता, तपस्या क्षमा ,आरधना जस्ता शब्दले नारीलाई सम्मान गरिने सामाजिक परम्परा छ।
हामीलाई थाहा छ, प्रत्यक बर्ष ८ मार्च अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ ।जसकाे मुख्य उदेश्य : १.महिला र पुरुषमा समानता स्थापित गर्नु । २.महिलाप्रती सम्मान, प्रेम र सद्भाव कायम गर्नु गराउनु । ३ .महिलाका हक र अधिकारप्रती सचेत गराउनु।
इतिहास साक्षी छ- अझैपनि महिलाको जीवन ग्लानी र कठिनाइबाट गुज्रिएको छ।
अचम्मको बिडम्बना त यो छ कि नारी जस्ले सृष्टि रचेकी छन् , उनकाे त्यही समानता र अस्तित्व माथी कुठाराघात गरिएको छ। नारीकाे जन्मलाई श्रापकाे वा पापकाे नजरले हेरिने दृष्टिमा अझै प्रयाप्त परिवर्तन आईसकेकाे पाईदैन ।
हिजाेका कुनैपनि युगमा महिलालाई जस्ताे पुरुषले जिउँदै सतीकाे नाउँमा जल्नपरेकाे देखिदैन । जुवाकाे दाउमा हाेस् या चिर हरण त कहिले सतित्व ढगाउने नाममा वलत्कार वा भेष बदलेर बलत्कार । – यस्ता कथा लेखिए पढिए , पढाईए ।
वर्तमान सभ्य भनिएकाे समाजमा पनि दैनिकजसाे बलात्कारकाे सिकार बनाइन्छ त दाइजो को नाउँमा यातना र जलन । तर पनि नारी शक्तिले कहिले हार नखाएकाे हाम्राे गाैरवशाली गाथा पनि जिवित छ।
मौका मिल्नासाथ नारीले आफ्नाे प्रतिभा देखाएको इतिहास पनि हाम्राे सामु ताजै छ ।
सन १९०८ मा न्युयोर्क मा १५हजार महिलाहरु ले कपडा उत्पादन फ्याक्ट्री मा आफ्नो काम को घण्टा छुट्याउन, राम्रो तलब दिन र आफूलाई मतदान को अधिकार प्राप्त गर्न गरेको अधिकारका लागि प्रदर्शनका कारण १९१० मा १७ देशका महिला द्वारा कोपेनहेगन मा “कन्फ्रेन्स अफ वोर्किग वुमन “नाम को सम्मेलन आयाेजना भयो । जसले न्याय र समानताका महत्त्वपूर्ण अध्याय काे चित्र काेरियाे ।
पहिलो पटक सन १९११मा अस्ट्रिया,डेन्मार्क ,जर्मनी र स्विटजरल्यान्ड मा महिला दिवस मनाइएको थियो । सन १९७५ मा सँयुक्त रास्ट्र सघले मनाउन सुरु गरे पछि नारीले दिवस अन्तर्राष्ट्रियकरणकाे दर्जामा पुग्न सफल भयाे । राष्टसंघले पहिलो नारा “सेलिब्रेट द पास्ट प्लानिङ फर द फ्युचर ” भन्ने राखेको थियो ।
नेपाल को सन्दर्भ मा भने २०१६ देखि नारी दिवस मनाउन सुरु गरेको पाइन्छ। महिला दिवस भित्र केहि तत्व प्रतिविम्बित छन् ।
* पहिला समाज के हो त? समाज एकभन्दा धेरै मानिसहरूको समुदाय हो। समाजले एउटै रहन-सहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समुहलाई बुझाउँछ। यसले कुनै विशेष उदेश्य लिएर निर्माण गरिएका सङ्घ, संस्थालाई पनि बुझाउने गर्दछ। उदारणका लागि आर्य समाज, ब्रम्ह समाज, थारु समाज, नेवार समाज, आदिलाई लिन सकिन्छ।
समाज भन्ने शब्द अङ्ग्रेजी शब्द Societasबाट लिइएको हो। ‘समाज’ शब्दले गाउँटोल वा सहरका बेग्लाबेग्लै घरमा बस्ने व्यक्तिहरूको एउटै क्षेत्र, उद्देस्यपुर्ण र एकतामा बाधियको समुहलाई बुझाउँछ।
* समाज समष्टि हो।समाज परिवारको एकाईहरूको सम्पूर्णता हो। छोटकरीमा, समाज एउटै क्षेत्रमा बनेको उद्देश्यपूर्ण समूह हो, यसका सदस्यहरू एकता र आपसमा बाँधिएका हुन्छन्। [समाज का तत्वहरु (जान्नलाइ मात्र) प्रो मैकाइवर को अनुसार, निम्नानुसार छन्: १)चलन र परम्पराहरू२)अधिकार३) स्वतन्त्रता४) काम गर्ने विधिहरू५) आपसी सहयोग६) समूह र उपसमूहहरू७) मानव व्यवहार मा नियन्त्रण ]
* त्यसै गरी रुपान्तण भन्नाले सामन्यतया कुनै समाज, बस्तु, ब्याक्ति वा चेतना एक अबस्था बाट अर्को गुणात्मक रुपले भिन्न र नया अबस्थामा बदलिने प्रकृया हो। सारमा बाह्य र आन्तरीक तथा रुप र गुण दुबै बदलिने प्रकृया हो। रुपान्त्रण कुनै मात्रात्मक रुपमा त कुनै गुणात्मक रुपमा हुन्छन। भिन्न र नया रुप-रंग, गुण-सार, आकार-प्रकार, प्रकृती-प्रबृती मा हुने परिवर्तन लाई रुपान्त्रण भनिन्छ। रुपान्त्रण सकरात्मक र नकरात्मक दुबै हुन्छन। सकरात्मक जिवनशिल प्रकृया र परिणाम मा बदलिने कार्य अलि कठिन जटिल र चुनौति पुर्ण हुन्छ। हामीले चाहेको पनि जिवनशील रुपान्त्रण नै मुख्य हो। जसलाइ कार्यान्वयन गर्न समय, श्रम, शक्ती, बुध्दि, आट र लगन लगाउनु पर्छ। “कठिन छ र पनि सम्भब्छ।”
रुपान्त्रणको केन्द्र भनेको स्वयं ब्यक्तिको बिचार र ब्याबहारबाट शुरु हुन्छ। तथापी मान्छे को रुपान्त्रणलाई बिभिन्न बिचार, ब्याक्ति, बिधी, ब्यबहार, शिक्षा, दिक्षा, ज्ञान, गुन आदी केही बिषय वा घटना र कारणले प्रभाबित/प्रेरीत हुन्छ।
आफैले स्विकार गरे मात्रै रुपान्त्रण सहज हुन्छ। मानिसले आफ्ना सोच-शैली, बिचार- आचार, भवना-प्रबृति, बानि-ब्यहोरा र संस्कार- संस्कृति मा फेर बदल गरी स्वयम, परीवार, समाज र देश बदल्न सक्छ।
सार “एक रुपान्तरीत ब्यक्तिले समजै बदल्न सक्छ”। जब एउटी सामान्य श्रमशिल महिलामा काम-ब्यबहार, शिक्षा-दिक्षा, ज्ञान-गुन र संस्कार ले सिपालु, शिक्षित, सचेत र सभ्य हुन्छिन, तब मात्र यो रुपान्त्रण हो। जो अबसर बिहिन, श्रमशीलछन, उनै रुपान्तरित हुनु भनेको उनि स्वयँ, परीवार, समाजसङ्गै परिवर्तन हुनु हो। आज हाम्रो समाजमा पनि सुधार गृह बढिरहेका छन स्मरण गरौ त किन चाहियाे यस्ता। आशालाग्दो जनशक्ति लागुऔषध प्रयोगको कुलतमा फँसी जलिरहेको छ। जब यसलाइ मित्रवत दुरुत्साहन गरी सामान्य मानिस बनाइन्छ तब त्यो रुपान्त्रणमा ठुलो योगदान हुनेछ। “रुपान्त्रण यातनाले होइन, चेतनाले सम्भवछ, स्वय र अमाज मा”
तथ्याङ्क अनुसार नेपालमा पुरुष र महिलाको अनुपात ४९ र ५१ रहेको छ। समाज रुपान्त्रणमा महिला को सकृय सहभागिता बिना कल्पना मात्र हुनेछ। हरेक क्षेत्रमा केही महिलाले कठिनतापूर्वक प्रवेश गर्नुभयको छ ।
आज श्रमिक महिलाहरुको नेतृत्व, उध्दमशिलता, स्थानिय सरोकार, आत्म सम्मान जस्ता सकरात्मक गुण मा कसरी रुपान्तरीत बन्न बनाउन सकिन्छ भन्ने जुन चेत, चेतना र बहस चलेकाे छ यसले महिला शशक्तिकरणमा सकारात्मक भूमिका खेल्ने छ भन्ने आश भने गर्न सकिन्छ ।