२०८० फागुन २३, बुधबार

चितवन । नेपाल अैाषधि उत्पादक सँघ ( एपाेन)काे आयाेजनामा यहि फागुन २५ गते देखि २७ गतेसम्म `नवाैँ नेपाल फर्मा एक्स्पाे-२०२४´ काे आयाेजना हुने भएकाे छ ।

आमजनतालाई अैाषधिकाे उत्पादन देखि प्रविधिक र गुणस्तरकाे बारेमा जानकारी गराउनुकाे साथै नेपाली उत्पादनका अैाषधिकाे विश्वासनीयता र यसकाे वर्तमान अवस्थाकाे बारेमा जानकारी दिने मूल उद्धेश्यका साथ आयाेजना गर्न लागिएको एक्स्पाेकाे तैयारी पूरा भैसकेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हाे ।

एक्स्पाेमा १ सय ६० वटा स्टल रहने छन् भने नेपाल, एक्स्पाेमा भारत,सिँगापुर ,बँगलादेश,अमेरिका,जर्मन, चीन लगाएतका देशहरुले उत्पादनमा प्रयाेग गर्ने उपकरण, ल्याव,कच्चापदार्थ र उत्पादित अैाषधि स्टलका रहनुका साथै प्रविधि विभिन्न कार्यक्रम समेत रहने फर्मा एक्स्पाेका सँयाेजक प्रभात रुङ्ग्टाले जानकारी दिए ।

नेपालकाे अैाषधिकाे सबैभन्दा ठूलाे र महत्त्वपूर्ण पर्वकाे रुपमा लिइएको साे कार्यक्रममा करिव २५ हजार भन्दा बढी सराेकारवाल सस्था र सर्वसाधारणले अवलोकन गर्ने अपेक्षा रहेकाे कार्यक्रमका मिडिया काेर्डिनेटर सन्ताेष बरालले जानकारी दिए ।

हाल नेपालमा करिव एक सय अैषधि कम्पनी दर्ता भएपनि ८५ वटा कम्पनीहरु भने उत्पादन कार्यमा सँलग्न छन् । करिव ६६ अर्व भन्दाबढी लगानी रहेकाे अैाषधि उत्पादनकाे क्षेत्रले आफ्नाे क्षेमता रहेजति उत्पादन कार्य त गर्न सकेका छैनन् नै लगानीको आधा मात्रै काराेवार गर्न सकेका छन् ।

आर्थिक बर्ष २०७८/०७९मा करिव ३४ अर्बकाे अैाषधि उत्पादन गरेका नेपाली कम्पनीले आ .व .०७८/८० मा भने २९ अर्ब ३६ कराेडकाे अैषधि उत्पादन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0