२०८० फागुन १८, शुक्रबार

भरतपुर, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर आँखा अस्पतालकाे नवनिर्मित भवनकाे शुक्रबार उद्घाटन गर्नुभएको छ।

भरतपुर ११ बाइपास राेड स्थित ३ तले सुविधायुक्त साे भवन १३ कराेड ५० लाख रुपैयाँको लागतमा बनेकाे हाे भने भवनको क्षेत्र २५ हजार ५०० वर्गफिट क्षेत्रफल रहेकाे छ । नवनिर्मित साे भवनकाे भुँइतलामा बालराेग बहिरँग विभाग , बालबालिकाका लागि टिकट काउण्टरका साथै ६ वटा ओपिडी कक्ष रहने छ भने फार्मेसी , चश्मा विक्री , वालमैत्री खेल कक्ष का साथै कन्फेन्स हल र स्तनपान कक्ष समेत साेही तलामा रहनेछन् ।

भवनकाे दाेश्राे तलामा भने अत्याधुनिक शल्यक्रिया कक्ष रहेकाे छ । पाेष्ट अप्रेसन कक्ष समेत रहेकाे साे तलामा जानका लागि इलेक्ट्रिकल लिफ्ट जडान गरिएको छ भने तलमाथि गर्न दुई भर्याङ समेत छन् ।

भवन सहित करिव २० कराेड १५ लाख लागतमा बनेकाे साे भवन निर्माणका लागि विभिन्न दातृ निकाय, सँघसँस्था र सहयात्री मनहरुबाट ८ कराेड ५० लाख ५ हजार ५७ रुपैयाँ सहयाेग प्राप्त भएको नेपाल नेत्रज्योति सँघ चितवनका उपाध्यक्ष तेजेद्रबहादुर खड्काले जानकारी दिनुभयाे ।

२०४० सालमा बैक अफ कमर्श एण्ड क्रेडिट ईन्टरनेशनल ( बि.सि.सि. आई) पाकिस्तानकाे आर्थिक सहयाेगमा स्थापना गरिएकाे साे अस्पतालले समयसँगै सेवाप्रवाहमा सकरात्मक फड्काे मार्दै गैरहेकाे जनाकारहरु बताउँछन् ।

अस्पताले प्रदान गर्दै आएको आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा विस्तार तथा सीटीईभीटीसँगको सहकार्यमा आँखासम्बन्धी प्रविणता तहको अप्थाल्मिक साइन्स विषयको पढाइ तथा नेत्र विशेषज्ञ चिकित्सकहरुको फेलोशिप कार्यक्रम, बि अप्टम बिषयका पढाईका लागि भवन अभाव भएको थियो । नयाँ भवन बनेपछि सेवा प्रवाहमा सहजता हुने अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0