२०८० फागुन १७, बिहीबार

चितवन । ` घुमाैँ भरतपुर ´ भन्ने नाराका साथ भाेलि फागुन १८ गते उद्घाटन हुने भरतपुर भ्रमण वर्ष २०२४ काे उद्घाटनमा सरिक हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ,प्रचण्ड सहित पाँचवटै पूर्वप्रधानमन्त्रीहरु भरतपुर आउनेभएका छन्।

नारायणी नदी किनारकाे प्रदर्शनी मैदानमा हुने उद्घाटन सभामा सहभागी हुन पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा , नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका साथै पूर्वप्रधानमन्त्री झलनाथ खनाल , पूर्व मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मी र पूर्वप्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेतकाे उपस्थिति रहने जनइएकाे छ ।पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई निम्ता गरिए पनि उपस्थिति हुननसक्ने जानकारी आएकाे महानगरपालिकाका सञ्चार विज्ञ सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।

भ्रमण वर्षमा आन्तरिक पाँच लाख र दुई लाख वाह्य पर्यटक भित्र्याउने लक्ष सहित शुरुहुन लागेकाे भ्रमण वर्ष उद्घाटन समाराेहमा करिव ५० हजार जनाकाे उपस्थिति रहने अनुमान छ ।

`भरतपुर भ्रमण वर्ष-२०२४´ भरतपुर महानगरपालिका द्वारा नेपाल पर्यटन वाेर्ड र निजी क्षेत्रसँगकाे सहकार्यमा ` घुमाैँ भरतपुर´भन्ने मुल नाराका साथ पर्यटन क्षेत्रलाई प्रवर्द्धन गरेने उद्देश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरु समावेश गरि आयाेजना गरिएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0