२०८० फागुन १८, शुक्रबार

भरतपुर, चितवन ।` घुमाै भरतपुर´ अभियान भरतपुरकाे मात्र नभएर चितवन र समग्र नेपाल कै पर्यटन प्रवर्द्धन र विकासका लागि अभियान भएकाे प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनुभएकाे छ ।

भरतपुर भ्रमण वर्ष- २०२४काे उद्घाटन सभामा मन्तव्य राख्नुहुदै प्रधानमन्त्री प्रचण्डले साे धारणा राख्नुभएकाे हाे । १ सय ५० वर्ष पहिलेकाे जँगल सिकार देखि अन्तर्राष्ट्रिय सँपदासूचि सम्मकाे महत्त्व बाेकेकाे चितवन र भरतपुरमा भैरहेके भ्रमण वर्ष अभियानले सिथिल परेकाे पर्यटन व्यवसायलाई उकास्न सहयाेग पुग्ने समेत प्रमुख अतिथि प्रधानमन्त्री प्रचण्डले धारणा राख्नुभयाे ।

प्रधानमन्त्री प्रचण्डले भरतपुरसहित समग्र चितवनको विकासमा आफूले सहयोग गर्ने र योगदान गर्ने अवसर पाएको अनुभव सुनाएका छन् । प्रधानमन्त्रीले भने, ‘कृषि, सहकारी, उद्योग पर्यटन क्षेत्रलाई आधार बनाएर अगाडि बढिरहेको छ । प्रशस्त पूर्वाधार रहेका छन् । यस महानगरपालिकामा पर्यापर्यटन, खेल , धार्मिकको, आर्थिक केन्द्रको रुपमा क्रमश अगाडि बढ्दै छ । समथर भूभाग, हिमश्रृंखला, मानव  निर्मित पर्यटकीय गन्तव्यहरु  छन । प्रतिष्ठा वृद्धि गर्न, पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्ने उद्देश्यले गरिएको भ्रमण वर्ष ऐतिहासिक कदम हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0