प्रकाशबाबु खनाल

२०८१ बैशाख २१, शुक्रबार

चितवन। रत्ननगरमा जारी जेसीज सप्ताह अन्तर्गत शुक्रबार मनोपरामर्श तथा तनाब व्यवस्थापन तालिम गरिएको छ ।

वडा नं २ को आर्थिक सहयोगमा रत्ननगर जेसीजले आयोजना गरेको सो कार्यक्रममा ६२ जनाको सहभागिता रहेको रत्ननगर जेसीजका महासचिव सुरेशजंग पाण्डेले जानकारी दिए ।

कार्यक्रमको वडा नं २ का वडाध्यक्ष राजेन्द्रप्रसाद घिमिरेले उद्घाटन गरेका थिए । सो अबसरम कार्यक्रमकाे उद्घाटन गर्दै वडा अध्यक्ष घिमिरेले तनाबले मान्छेलाई डिप्रेसजमा लैजाने र डिप्रेसनले मृत्यूको सिकार हुने जोखिम भएका कारण वडाबासीलाई मनोपरामर्श तथा तनाब व्यवस्थापन सम्बन्धी तालिम दिइएको बताए ।उनले विशेषज्ञ डाक्टरहरुबाट मनोमरामर्श सहित तनाब व्यवस्थापन सम्बन्धी ज्ञान हासिल गर्दा जीवन जीउने कलाको विकास हुने समेत बताएका थिए ।

समुदाय केन्द्रीत साे कार्यक्रम जेसीसकाे सप्ताहब्यापी कार्यक्रम अनुसार गरिएको मूलआयाेजक समितिका सँयाेजक रामप्रसाद पाण्डेले बताएका छन् ।

कार्यक्रममा भरतपुर अस्पतालका मनोरोग विशेषज्ञ डा.सृजना भूर्तेल र मौलाकालिका अस्पतालका मनोरोग विशेषज्ञ डा. शान्ति भूर्तेलले सहजीकरण गरेका थिए ।

रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तालिम संयोजक रोशन काप्रीले तालिमको उद्देश्यका बारेमा जानकारी गराएका थिए ।

जेसीज सप्ताह अन्तर्गत वैशाख २२ गते रत्नविज समिट, २३ गते वृक्षरोपण, २४ गते लागूऔषध दुव्यर्सनसम्बन्धी सचेतना, २५ गते अन्तरमावि वक्तृत्वकला र सोही दिन जेसीज सप्ताह समापन तथा रजत जयन्ती समारोह सम्पन्न हुने रत्ननगर जेसीजका उपाध्यक्ष शौरभ रिजालले जानकारी गराए।

जेसीज सप्ताह जिल्लाको आर्थिक विकासकाे सम्भावनाकाे खोजि गर्दै सामाजिक काम गरेर मनाउन थालिएकाे आगामी दिनमा यस्ता युवा केन्द्रीत यस्ता कार्यले निरन्तरता पाउने रत्ननगर जेसीजका अध्यक्ष पुरीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0