कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले गैरकानुनी काम गर्नेहरुले प्रहरी र प्रशासनलाई फुटाएर लाभ लिन प्रयास गर्ने गरेको भन्दै कसैको बहकावमा नलागि कार्यसम्पादन गर्न प्रहरी तथा अन्य कर्मचारीलाई आग्रह गरे ।

‘गैर कानुनी कार्य गर्नेहरुले सीडीओ र एसपीलाई मिलाइसकेका छौ, तपाई पनि मिल्नुस भन्दै लोभ देखाउन सक्छन, ‘अपराधीहरुको प्रयास नै फुट पारेर फाइदा लिने भएकाले सजक बन्नु पर्दछ ।’ – पाेख्रेलले भने ।

जनताले प्रहरीले गर्ने कामको प्रतिफल राम्रो `हेर्न चाहेका छन् , प्रहरीका चालचलन, गतिविधि, आचरणलाई पनि जनताले नियालीरहेकोले यस तर्फ सचेत हुन आवश्यक छ ।’- जिल्ला प्रमुखले भने ।

उदघाटन कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, उपाध्यक्ष मन्जु मल्ल, बाँके प्रहरी प्रमुख तुलबहादुर कार्की लगायतले नयाँ भवनबाट नागरिकले आझै राम्रो सेवा पाउने विश्वास ब्यक्त गरेका थिए । ३ करोड २९ लाख ८३ हजार ८ सय ५८ रुपैया लागतमा सम्पन्न साे तीन तले भवनमा प्रशासनिक भवन, ब्यारेक तथा थुनुवा कक्ष साथै भान्छा, शौचालय र स्नान घर निर्माण भएको जनाएको छ ।

कार्यक्रममा समयमा काम सक्ने ठेकेदार कम्पनी अल ईज वेल कन्ट्रक्सन, जग्गादाता, निर्माणमा सहयोग गर्ने समाजसेवी तथा जेहेन्दार प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0