२०८० फागुन ९,बुधबार

चितवन । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था भरतपुर ११ को २९ औं वार्षिकोत्सब जिल्ला सहकारी संघको सभाहलमा सम्पन्न भएकाे छ ।

संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षतामा र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुनकी उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख अतिथि एवम् चितवन जिल्ला सहकारी संघका अध्यक्ष भक्तिराम अधिकारी, चिस्कुनकी अध्यक्ष बिद्या कोइराला बिशिस्ट अतिथि रहेको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष अनिलराज पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका ७० वर्ष माथिका ३२ जना ज्येष्ठ सदस्यहरु, ११ जना बाल सदस्यहरु, १२ जना असल बचतकर्ता सदस्यहरु, ११ जना असल ऋणी सदस्यहरु, २ जना सक्रिय सदस्यहरु, २ जना सफल व्यावसायी तथा उद्यमी सदस्यहरु, विद्यावारिधि उपाधी हासिल गर्ने सदस्यका छोराछोरी मध्ये एक जना, एसइइ परिक्षामा सामुदायिक र संस्थागत बिद्यालयका उत्कृष्ट अंक ल्याउने ४ जना छात्रछात्राहरु र संस्थाका बरिस्ठ सहायक द्वय दिपक बराल र मेनुका ढकाल लाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान तथा पुरस्कृत गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

कानुनी सल्लाहकार जगन्नाथ भण्डारी, सल्लाहकार रमाकान्त सापकोटा, पूर्व अध्यक्ष तथा सल्लाहकार लक्ष्मीकान्त चालिसे, सल्लाहकार तथा पूर्व अध्यक्ष रामराज पौडेलले समेतले शुभकामना व्यक्त गरिएको साे कार्यक्रममा प्रमुख अतिथि शान्ति अधिकारीले यतिबेला सहकारी क्षेत्रमा चुनौतीहरु थपिएका छन् र स्वार्थवस खोलिएका र संचालकहरुको व्यक्तिगत स्वार्थको कारण केही सहकारीहरुले बचतकर्ताहरुको फिर्ता नगर्दा सहकारीमा समस्या आएको बताइएकाे थियाे ।त्यस्ता सहकारीलाई राज्यले समयमै नियमन नगर्नाले सुशासनमा चलेका अन्य सहकारीहरुलाई समेत अफ्ट्यारो पारेको बताउँदै उनले नीति बिधि र प्रविधिमा संचालित हाम्रो चित्रवन जस्ता सहकारीमा समस्य नरहेकाे समेत बताउँदै सहकारी अभियान र सरकार मिलेर सहकारी सुधार गर्ने धारणा राखेकी थिईन् ।

अध्यक्ष तेजेन्द्रबहादुर खड्काले हाम्रो चित्रवनले सदस्यहरुलाई प्रविधिमा आधारित भइ वित्तीय सेवा प्रदान गर्दै आएको र सुशासनमा चलेको हुँदा यस्ता सहकारी संस्थामा समस्या छैन तर बाहिरी जिल्लामा दर्ता गरेर चितवनमा कारोबार गर्ने कारोबारी संस्थाको कारण समस्या आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0