आशिष आचार्य , काठमाडौं

२०८० फागुन ९, बुधबार

काठमाडौँ । राजा सहितको हिन्दुराष्ट्रकाे पुन:स्थापना सहितकाे माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जनप्रदर्शन गरेकाे छ ।

प्रदेशको खारेजी ,अधिकार सम्पन्न दुई तहकाे सरकार काे माग सहित आन्दोलनमा रहेकाे राप्रपाले भ्रष्टाचार नियन्त्रण ,सुशासनको प्रत्याभूति ,राष्ट्रियता , विकास र सेवाप्रवाह जस्ता ४० बुँदे माग सहित काठमाडौं सहित आजबाट देशभर विभिन्न स्थानमा जनप्रदर्शन गरेकाे छ भने केहिबेरमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेकाे राप्रपाले जनाएको छ।  जिल्लामा भने प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई मागपत्र बुझाउने छ ।

आफ्ना माग पूरा गराउन देशभर विराेध प्रदर्शन तथा जनप्रदर्शनका कार्यक्रम गरिरहने समेत राप्रपाले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0