२०८० फागुन ९, बुधबार चितवन। सुरक्षा जाेखिम बढ्नेगरि मिलेमतोमा बनाइएका भरतपुर विमानस्थल वरपरका भवन सँरचनाकाे अनुसन्धान हुने भएकाे छ । सरकारले हालै गरेकाे निर्णय अनुसार विमानस्थलकाे रनवे विस्तारकाे स्थिति बुझ्न अनुगमन शुरुभएकाे प्रविधिकका प्रवक्ता जगन्नाथ निराैलाले जानकारी दिए ।

हाल भरतपुरमा ३० सिटका जहाजले मात्र सेवा दिइरहेका छन् । ७० सिटे जहाजका लागि धावनमार्ग विस्तार गर्नुपर्ने भएकालेे विस्तारकाे निर्णय भएकाे हाे । ‘ एयरपोर्ट वरपर मिलेमतोमा मापदण्ड विपरीत का भवन बनेकाछन् भन्ने छ , याे विषयमा प्राधिकरणले समिति नै बनाएर अनुसन्धान शुरु गरेकाे छ।’ – उड्डयन प्राधिकरण श्राेतले भन्याे ।

‘ प्राधिकरणकाे यस्ता अध्ययन पटकपटक भएका थिए तर परिणाम देखिएकाे पाइएन ‘- अनिधिकृत सँरचना बनेकाे जानकार भरतपुर १० का स्थायीबासीले भने । २०७१ सालमा जेठमै पनि यस्तै अनुगमन समितिले प्रतिवेदन तयारपारि राज्यलाई बुझाएको थियाे , काम भने भएन । विमानस्थल प्रमुख बच्चुराम श्रेष्ठको नेतृत्वको टिमले गरेकाे त्याे बेलाकाे टाेलीमा अहिलेका महानिर्देशक प्रदीप अधिकारी र भरतपुर नगरपालिकाका तात्कालिक ईन्जिन ईश्वर कुमार राजभण्डारी सदस्य थिए ।

प्रतिवेदनमा विमानस्थलको पश्चिम ५० मिटर भित्र मा स्थायी भवन ८८ अस्थायी भवन १ वटा गरी ८९ वटा मापदण्ड विपरीत भवन बनेको उल्लेख छ ।

केही दिन अगाडि रक्षा सचिव, प्रधानसेनापति प्रभुराम शर्मा र उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी विमानस्थल नजिकै रहेको नेपाली सेनाको गणका अधिकारीसहित विमानस्थल क्षेत्रको स्थलगत अनुगमनमा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0