२०८० फागुन ७ , साेमबार

चितवन । चितवनमा साेमबार बिहान ८ बजे राप्ती नगरपालिकाकाे झुरझुरेमा ट्रकमा लुकाइराखेको अवस्थामा चितवन प्रहरीले ५ सय ४२ केजी गाँजा बरामद गरेकाे छ ।

सडककाे छेउमा रहेकाे ना३ ख ६१२२ र ना ३ ख ७२४० नम्बरको ट्रकमा लुकाइराखेको अवस्थामा साे परिणामको गाँजा बरामद भएकाे इलाका कार्यालयका प्रहरी निरिक्षक श्याममणि पाेखरेलले जानकारी दिए । डिव्बा ट्रक भित्र ३० वटा पाेकामा रहेकाे गाँजा ठुलाे परिमाण भएकाे प्रहरीले जनाएको छ ।

प्रहरीले टक चालक धनकुटा छथर जाेरपाटेका ३२ वर्षका रमेशनाथ दाहाल र अर्काे ट्रकबाट कपिलवस्तु बुद्धभूमि- ४ का २५ बर्षीय खुशीराम थारुलाई पक्राउ गरेकाे ट्रक चालक भने फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0