२०८० फागुन ४,शुक्रबार
रत्ननगर, चितवन। पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता सँघकाे निर्वाचनमा रत्ननगर १४ कै बासु लामिछाने र हरिकुमार श्रेष्ठको टिम आमनेसामनेमा रहेकाे छ ।
गएकाे स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्र नेपाली काङ्ग्रेसकाे उम्मेदवारसँग गठबन्धनमा थियाे । तर यसपालि भने नेपाली काङ्ग्रेस भने हरिकुमार श्रेष्ठलाई जिताउन लबिङ गर्ने देखिन्छ। लामिछानेलाई भने नेकपा एमालेले समर्थन दिएकाे अध्ययनले देखाउँछ ।
हरिकुमार श्रेष्ठ नेकपा एमालेबाट निर्वाचित निवर्तमान वडा अध्यक्ष हुन् । गएकाे स्थानीय निर्वाचनमा उनी नेकपा समाजवादीबाट वडा अध्यक्षमा प्रतिस्पर्धी थिए । बासु लामिछानेले भने बहुदल प्राप्ति पछिकाे पहिलाे निर्वाचन २०४७ सालकाे स्थानीय निर्वाचनमा पिठुवा गा. वि. स. बाट नेकपा एमालेकाे समर्थनमा सँयुक्त जनमाेर्चाकाे तर्फबाट उम्मेदवार बनेपनि जितभने हातपरेन ।
समयकाे अन्तरालसँगै फेरि एकपटक बासु लामिछाने एमालेकाे समर्थन हुनेगरि खानेपानीकाे अध्यक्षका लागि प्रस्तावित उम्मेदवार भएका छन् । हरिकुमारलाई भने नेपाली काङ्ग्रेसले समर्थन गरेकाे अध्ययनले देखाउँछ ।
श्रेष्ठको टिममाउपाध्यक्षमा तुलबहादुर रायमाझी छन् भने सचिवमा रुपेश तिवारी प्रतिस्पर्धामा छन् । साे टिमबाट लेखा सँयाेजकमा भने प्रल्हाद अर्याललाई सारिएको छ।
लामिछानेको टिममा भने उपाध्यक्षमा गाेकर्ण बहादुर श्रेष्ठ र सचिवमा मदन भुजेल प्रस्तावित छन् । लेखा सँयाेजकमा गाैतम बाबू अर्याल उम्मेदवार बनेका छन्।
उपभोक्ता समितिकाे निर्वाचन भने फागुन छ गते सम्पन हुने निर्वाचन समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1