२०८० फागुन ३, बिहीबार

लुम्बिनी । नेपाल सरकारकाे पूर्णस्वामित्व भएकाे दुग्ध विकास सँस्थानकाे लुम्बिनी दुग्ध वितरण आयाेजनाले अर्काे परिस्थिति नबन्दासम्म खरिद गर्दै आइरहेको किसानकाे दूध किन्न सकिदैन भनेपछि दुग्ध उत्पादक किसान चिन्तामा परेकाछन् । ‘ गाई भैसीलाई साँझ बिहान अनिवार्य नदाेईहुदैन , अब भरेबाट दुएकाे दूध कहाँ लगेर बेच्ने भन्छन् , किसान । ‘सरकार पनि छ रे , प्रतिपक्ष पनि हाेलान् । एक पटक भाेटपाए पछि ४- ५ बर्षलाई ढुक्क भएजस्ताे हाेईन – पशुपालन । गाईभैसीलाई त साँझबिहानै दुहुनपर्छ । जस्ले दूध खरिद गर्छ भन्ने आशले गाईभैसी पालियाे त्यै सँस्थाले दूध किन्न सक्दैनाैँ भनेपछि दूध लगेर कहाँ फाल्नु’ – भन्छन् , किसान ।

फागुन १ गते आयाेजना प्रमुखकाे अध्यक्षतामा शाखा प्रमुख तथा कर्मचारी सहितकाे उपस्थितिमा बसेकाे लुम्बिनी दुग्ध वितरण आयाेजनाकाे निर्णयले आफुले दूध पठाउँदै आइरहेको पाेखराकाे सुजल डेरी , चितवनकाे चितवन मिल्कले दूध प्रशाेधन गरि राख्ने भण्डारण नै भरिएको र मेसिन समेत बिग्रिएकाे भन्दै उत्पादन नै बन्द गरेकाे भन्दै किसानको दूध खरिद गर्न नसकिने जनाएको छ ।

चितवन मिल्ककाे भण्डारण क्षेमता धेरै पहिल्यै भरिएकाे र उत्पादित सामाग्री सम्वन्धित कम्पनीले नलगेकाेले गाेदाम गर्न नसकेकाे समाचार धेरै पहिलेबाट प्रसारित थियाे । नेपालकाे बजारकाे ठुलाे हिस्सा आयातित दुग्धजन्य पदार्थले ओगटेकाे छ । राज्य भने याे बिषयमा बेखबर जस्तो देखिन्छ ।

राजनीतिक पार्टी भने मिसन चाैरासीकाे वेमाैसमी गितमै व्यस्त देखिन्छ न उसलाई नागरिककाे पीरले पाेल्छ न मर्का बुझ्ने चेष्टा नै । दुग्ध उत्पादक किसान भने दूधै बेच्न नपाउने भएपछि बैककाे किस्ता र सावाँ कसरी तिर्ने हाे चिन्तामा छन् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0