२०८० फागुन ४ शुक्रबार

भरतपुर, चितवन । सन् २०२७ मा हुने यू- १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरमा सञ्चालन गर्ने चाहना भएकाेले साेकाे बाताबरण मिलाउन भरतपुर महानगर प्रमुख रेणु दाहालले आग्रह गर्नुभएको छ।

शुक्रबार भरतपुर महानगरपालिकाको आयोजनामा भइरहेको एक्सपर्ट भरतपुर मेयर्स कप विद्यालयस्तरीय टि–२० क्रिकेट लिग प्रतियोगिता समारोहलाई सम्बोधन गर्दै मेयर दाहालले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघका सचिव पारस खड्कासंग भरतपुरमा विश्वकप क्रिकेट गर्ने उपयुक्त वातावरण हुने भएकाले त्यस्तो आग्रह गर्नुभएको हाे ।

आगामि तीन वर्षभित्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गरि सक्ने भएकाले विश्वकप प्रतियोगिता भरतपुरमा गर्ने वातावरण मिलाउन प्रमुख  दाहालले आग्रह गर्नुभएको नेपाल क्रिकेट संघ (क्यान)संग आग्रह गर्नुभएको हाे ।

मेयर दाहालले रंगशाला निर्माणमा बजेट अभाव नहुने गरी अघि बढ्न चरणबद्ध रुपमा काम हुने बताइन् । उनले राष्ट्रिय खेलकुद परिषद्संग पनि बजेट सुनिश्चिता गर्न आग्रह गर्नुभयाे ।

मेयर दाहालले हाल निर्माण कार्य रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी निर्माणको काम छिट्टै हुने बताउनु भएको छ। दाहालले भन्नुभयाे ‘एक साताभित्रमा हामी टेण्डर निकाल्दैछौं, छिट्टै निर्माणको काम अघि बढ्छ ।’

दाहालले भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगिता विश्व कप खेल्ने खेलाडीको खोजी गर्न विद्यालयस्तरीय लिग क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताउनुभएको छ । ‘चितवनले यसअघि विश्वकप खेल्ने खेलाडी उत्पादन गरी सकेको छ’,उहाँले भन्नुभयो,‘विद्यालयस्तरबाटै खेलाडी छनोट गर्दा उच्च सम्भावना रहन्छ । विद्यालयस्तरीय प्रतियोगिताबाट लुकेका प्रतिभालाई बाहिरा ल्याउन मद्दत पु¥याउँछ ।’

भरतपुर महानगरपालिका खेलकुदको हबको रुपमा विकास हुदै गएको छ’, विषेश गरी क्रिकेटको खेलको हब नै भइसकेको छ । भरतपुरमा दैनिक जसो राष्ट्रिय स्तरको खेलकुद भइरहेको छ। नेपालको क्रिकेटको भविष्य राम्रो छ ।

मेयर दाहालले भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगितालाई सफल बनाउन निजी क्षेत्रबाट एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको सहयोग अतुलनिय रहेको बताउनुभइकाे छ । वहाले एक्लैले कुनै पनि कार्यक्रम सफल बनाउन गाह्रो हुने भन्दै आगामि दिनमा यस्तै सहयोगको खाँचो रहेको बताउनुभयाे ।  आगामि दिनमा अन्य संघसंस्थाहरुलाई पनि यसैगरि हातेमालो गर्न  समेत मेयर दाहालकाे अनुराेध छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले भरतपुर महानगरपालिकाले विद्यालयदेखि विश्वकपसम्म भन्ने नारा दिएर प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताउनुभयाे। ‘भरतपुर महानगरको यो प्रतियोगिता निकै महत्वपूर्ण छ, मेरो आग्रह छ विद्यालयदेखि विश्वकपसम्म भन्ने नारा दिएर प्रतियोगितालाई निरन्तरता दिनुहोला’–घिसिङले गर्नुभयाे । ।

यस्तै नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सचिव पारस खड्काले सन् २०२७ मा हुने यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको लागि गौतम बुद्ध क्रिकेट रंगशालामै नेपाली टोलीको आवासीय प्रशिक्षण गर्न सकिने बताए । यस विषयमा क्यान सकारात्मक रहेको सचिव खड्काले बताए । उनले क्रिकेटको विकासका लागि ग्रासरुट क्रिकेट हुनु आवश्यक रहेको भन्दै महानगरको यस कदमले क्रिकेट खेल विकासमा थप टेवा पुग्ने विश्वास व्यक्तगर्नुभयाे  ।

कार्यक्रममा बोल्दै मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले एक्सपर्टले विगतदेखि नै क्रिकेट खेलको प्रवद्र्धनमा सहयोग गर्दै आइरहेको भन्दै आगामि दिनमा पनि यस्तै सहयोग जारी राख्ने बताउनुभयाे ।अधिकारीले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि क्वीज च्याम्पियनदेखि पब्लिक स्पिकिङ च्याम्पलगायतका कार्यक्रमहरु समेत गर्दै आइरहेको भन्दै क्रिकेटलाई पनि सधै महत्वका साथ लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्तगर्नुभयाे  ।

यस्तै चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले आफू पनि विद्यालय क्रिकेट खेल्दै यहाँसम्म आइपुगेको भन्दै खेलकुदका विकासमा विद्यालय खेलकुद कार्यक्रम निकै महत्वपूर्ण रहेको बताए । उनले आगामि दिनमा यस प्रतियोगितालाई निरन्तर अघि बढाउने प्रतिवद्धता जनाए । उनले पछिल्लो समय चितवनमा धेरै क्रिकेट प्रतियोगिता भएको भन्दै सबैभन्दा धेरै क्रिकेट प्रतियोगिताको रेकर्ड समेत चितवनले बनाउन सक्ने अवस्थामा पुगेको बताए । उनले विद्यालय क्रिकेटलाई अगाडि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

लिग प्रतियोगितामा भरतपुरका सामुदायिक र निजी गरी १० वटा विद्यालयको सहभागिता रहेको छ । यसअघि २० टिमबीच भएको नकआउट चरणबाट १० टिम लिगमा प्रवेश गरेका हुन् भने १० टिम बाहिरिएका छन् । प्रतियोगिताको नकआउट चरणको खेल माघ २६ देखि फागुन १ गतेसम्म चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0