२०८० माघ २८, आइतबार

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जनतासँग एमाले अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

एमाले चितवनको आज बसेको बैठकले जिल्लाका सबै पालिका र वडाहरुमा ‘जनतासँग एमाले’ अभियान सञ्चालन गर्ने निर्णय गरेको एमाले उपसचिव एवम् प्रचार विभाग प्रमुख प्रकाश ढुंगानाले जानकारी दिए ।

प्रचार विभाग प्रमुख ढुंगानाका अनुसार एमालेले गर्ने अभियान सम्वन्धी कार्ययोजनाका बारेमा नेताहरुले आआफ्ना धारणा र सुझाव राखेर ब्यापक छलफल गरी कार्ययोजना पारित गरेको छ । एमालेले कार्ययोजनामा एक वडा एक रचनात्मक गर्ने सञ्चालन गर्ने, जनप्रतिनिधी र पार्टी बीचको अन्तर सम्वन्धलाई मजबुत पार्ने, पार्टी सदस्यता नविकरण, नयाँ पार्टी सदस्यता वितरण र अवस्थाका बारेमा जानकारी लिने, पार्टी प्रवेश अभियान चलाउने, वार्ड स्तरमा रहेका संघ संस्थाहरुको विवरण,अवस्था, रोजगारीको अवस्था,वैदेशिक रोजगारी लगायतका विषयमा जानकारी लिने विषयलाई कार्ययोजना भित्र राखेको छ ।

सोही अभियानका क्रममा वडा स्तरमा प्रशिक्षण भेलाहरुको आयोजना गर्ने, टोल कमिटीहरु गठन पुर्नगठन गर्ने, स्थानीयस्तरमा भैरहेका विकास निर्माणको अवस्थाका बारेमा जानकारी लिएर आइपरेका समस्याहरुको समाधानका लागि स्थानीय पार्टी कमिटीले पहल कदमी लिने, जनजीविकाका सवाललाई एमालेले उठाउने जस्ता विषयहरु अभियानका क्रममा गरिने एमाले प्रचार विभाग प्रमुख ढुंगानाले जानकारी दिए ।

एमाले केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले जिल्ला इन्चार्ज एवम् पोलिट्ब्यूरो सदस्य पार्वत गुरुङ,पोलिटब्युरो सदस्य देवी ज्ञवाली,केन्द्रीय सदस्यहरु जेएन थपलिया,कपिल पोख्रेल,प्रभा बराल,यम बहादुर परियार,प्रदेश उपाध्यक्ष दावा लामा,संबिधान सभा सदस्य एवम् पूर्व पार्टी अध्यक्ष कृष्णभक्त पोख्रेल लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको पार्टीको बैठकमा बोल्ने नेताहरुले पार्टीलाई शुद्धिकरण र सुदृढीकरणका लागी अभियान कोसेढुङ्गा साबित हुने बिश्वास ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0