२०८० माघ २८, आइतबार

चितवन। रत्ननगरकाे साैराहामा १८ अैाँ खाना महाेत्सव शुरुभएकाे छ । महाेत्सव प्रणय दिवसलाई लक्ष्यित गर्दै शुरुगरिएको हाे ।

फुड फेस्टबलकाे उद्घाटन गरदै चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि ढकालले भने ‘ निकुञ्ज ऐन सँशाेधन गर्न जरुरी छ । मैले याे विषयमा सँसदमा आवाज उठएकाे छु ।’ साँसद ढकालले भने’ राज्यको  श्राेत बाँडफाँडमै पूर्वी चितवनलाई पछाडि पारिएकाे छ ।’

उद्घाटन सभामा बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, रेवानका केन्द्रीय उपाध्यक्ष सङ्घर्ष विष्ट, क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरी, रेवानका संस्थापक अध्यक्ष बलराम दाहाल, रेवान महिला समूहकी अध्यक्ष लक्ष्मी विडारीलगायतले महाेत्सवकाे सफलताको शुभकामना सहित आफ्ना धारणा राखेका थिए ।

विभिन्न समुदाय द्वारा बाजागाजा सहितकाे झाँक्रीले परिक्रमा गरि शुरुभएकाे साैराहाकाे फुड फेस्टिबल राष्ट्रिय तथा स्थानीय कलाकार तथा दी एक्सिस ब्यान्डको साङ्गीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेट्रेसबीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, डोरी तान्ने प्रतियोगिता, रेवान कप पालिकास्तरीय भलिबल प्रतियोगिता, अन्तरविद्यालय नृत्य प्रतियोगितालगायत गतिविधि महोत्सवमा आयोजना गरिनेछ ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल रेवान सौराहा चितवनको आयोजनामा फागुन ३ गतेसम्म महोत्सव हुनेछ । खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी महोत्सव आयोजना गरिएको संयोजक सूर्यबहादुर रिमालले बताउनुभयो ।

समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवद्र्धन गर्ने, स्थानीय कला, संस्कृति, वेषभूषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यकारुपमा सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने महोत्सवको लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0