२०८० माघ २६, शनिबार

आशिष आचार्य

‘ म याे लाखौं जनताकाे अगाडि भन्दैछु, मन्त्रीमण्डल पुनर्गठन हुन्छ । बागमती प्रदेशकाे तामाङ समुदायको प्रतिनिधिलाई मन्त्री बनाइनेछ ।’ काठमाडौं । साेनाम ल्हाेछारकाे अबसरमा आज आयाेजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड द्वारा काठमाडौंमा गरिएको कमेन्टमेन्ट हाे याे ।

माैजुदा मन्त्रीमण्डल हेरफेरकाे चापमा परेका प्रधानमन्त्री दाहालले टुँडिखेलमा आयाेजित सभालाई सम्बाेधन गर्दै भने ‘ हामी पहिचान र अधिकारकाे पक्षमा सँघर्षरत राजनीतिक शक्ति भएकाेले यसैमा गाेलबन्द हुनुहाेस् ।

ल्हाेसार पर्वकाे अवसरमा आयाेजित कार्यक्रममा प्रधानमन्त्री दाहालले आफुले सरकारकाे तर्फबाट आर्थिक सहयाेग गर्न भनेपनि कर्मचारीतन्त्र , नीति ,विधि र प्रकृया निकै जटिल भएकाकारण गत वर्षकै भुक्तानी नभएकाे स्मरण गर्दै यसबर्ष डवल खर्च दिने समेत बताए ।

प्रधानमन्त्री दाहालले आफुले आफ्नाे तेश्राे कार्यकालमा सँघीयता कार्यान्वयनकाे कामलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेकाे बताएका छन् । उनले भने ‘ सँघीयतालाई सुदृढ गर्नकाे लागि प्रदेशहरुलाई बलियाे बनाउनका लागि सँघीय निजामती ऐन कार्यान्वयनमा लैजाने र अन्य आवस्यक ऐनहरु पनि निर्माण र कार्यान्वयनकाे अन्तिम चरणमा पुर्याइएकाे छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0