चितवन । आज शनिबार सम्पन्न एक्सपर्ट भरतपुर मेयर्स कब क्रिकेट प्रतियोगिताकाे खेलबाट प्रभात र लक्ष्मी मा. वि. जगतपुर लिग चरणमा प्रवेश गरेका छन् ।

पहिलाे खेलमा पहिलाे ब्याटिङमा उत्रेकाे लक्षमी मा. वि.ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रनकाे याेगफल बनाएकाे थियाे ।

यस्तै अर्को खेलमा ६३ रनको झिनो लक्ष्य पछ्याएको प्रभातले ७ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो । प्रभातलाई जिताउन कप्तान मनिष भट्टराईले नटआउट १४ रन बनाए । बलिङमा सिद्धार्थका सम्बन्ध गुरुङले ४ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको सिद्धार्थ ११.३ ओभरमा अलआउट हुँदै ६२ रनमा रोकियो । सनम गुरुङले १२ रन जोड्नबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा नर्मल विश्वकर्मा र सुन्दर चापागाईले समान ३ विकेट लिए । ४ ओभरमा २६ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिएका नर्मल विश्वकर्मा खेलको प्लेयर अफ द म्याच बने ।

प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेलमा जानकी मा।वि। तेलौली र विश्वप्रकाश मा।वि। मंगलपुर खेल्नेछन् । त्यस्तै दोश्रो खेलमा स्मल हेभन मोडल स्कुल र इडन गार्डेन स्कुल आमनेसामने हुनेछन् । भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला क्रिकेट संघको सह–आयोजनामा संचालन भैरहेको प्रतियोगिता २२ फागुनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0