Open photo

२०८०पुष १४,शनिबार

हरि अधिकारी खजुरा, बांके। राष्ट्रिय युवा परिषद सानोठिमी भक्तपुरको आयोजना र खजुरा गाउँपालिका को समन्वय र सहकार्यमा ७ दिने उद्यमशिलता तथा वित्तीय साक्षरता एक हप्ते तालिम शनिवार बांकेको खजुरामा समापन गरिएको छ ।

पालिका अन्तर्गत बेरोजगार तथा बैदेशिक रोजगारबाट स्वदेश फर्किएका युवायुवतीहरुलाई विदेश पलायन हुन नदिन नेपाल सरकारले ल्याएको नीति बमोजिम क्षमता अनुरुप आफैँ उद्यमी बन्न के कस्ता नीति नियमहरु लागुगर्दा जिवन स्तर उकास्न र आर्थिक स्तर बलियो बनाउन सकिन्छ भन्नेउद्देश्यले  उक्त तालीम दिइएको हो ।

उक्त तालिममा पालिकाका ६० जना उद्यमी बन्ने सोच भएका युवायुवतीहरुलाई तालिम दिइएको थियो । तालिममा पुर्वाधार देखि उद्यमी नबनुन्जेलसम्म के कस्ता प्रकृयाहरु अपनाउनु भन्ने कुरा को प्रयाेगात्मकका साथै लिखित बहस गराई सहभागीलाई हामी उद्यमी हौ भन्ने आत्मबिश्वास दिलाएर तालीमको समापन गरिएको थियो ।

बेरोजगारी बनेका देशका जनशक्तिलाई हामी त्यसै खेराजान दिदैनौ भन्दै खजुरा गाउँ पालिकाकाे कार्य वाहक अध्यक्ष मन्जु मल्ल ले तपाइ उद्यमी मात्रै बन्नुस हामीले कहां के सहयोग गर्नु पर्छ हामी तयार छौ भन्नु भएको छ।

दैनिकजसाे हजारौंकाे सँख्यामा युवाशक्ति पलायन हुँदा विभिन्न बहानामा दैनिकै अरबाैँ नगद समेत पलायन भैरहेकाे एकातर्फ भने गाउँ घर उजाडिदै गैरहेकाे अवस्थामा यस्ता तालिमले सकरात्मक प्रभाव पार्ने तालिामा सँलग्न प्रशिक्षक नारायणकाजीे काशीछुवाले बताए ।तालिममा प्रशिक्षणका लागि मदन खडका,सबिना थापामगर रआरती शर्मा समेत सँलग्न थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0