२०८०पुस १४, शनिबार

कालिका। नेकपा( एकृकृत समाजवादी ) बाट एमालेमा फर्किएका केपी लनमिछाने , कर्णबहादुर बिक , दुर्गाप्रसाद घिमिरे सहितका नेता कार्यकर्तालाई अध्यक्ष केपी शर्मा बलीले पार्टीमा स्वागत गरेका छन् ।

नेकपा एमालेकाे विभाजनकाे समयमा नेकपा समाजवादी राेजेका उनीहरु चितवनकाे कालिका स्थित खाेलेसिमलमा आयाेजित एमालेकाे कार्यकर्ता भेटघाटबाट पुन: एमाले मै फर्किएका हुन् । कर्यकर्ममा पार्टीमा फर्किएका केपी लामिछाने समाजवादी पार्टीका जिल्ला सचिव हुन् भने कर्ण बहादुर बिक उप सचिव थिए ।

यसैगरि एमाले मै फर्किएका नगर ईन्चार्ज समेत रहेका समाजवादी का जिल्ला सदस्य दुर्गा प्रसाद घिमिरे समेत एमाले मै फर्किएका छन् । आफू पार्टी फुटका बखत समाजवादी राेजे पनि आफुले राेजेकाे पार्टी र मूल नेतृत्वले पार्टी फुट्नुेकाे अैाचित्य पुष्टि गर्न नसकेकाे र राजनीतिक चिन्तन मै नराम्ररी खियालाएकाे महशुस भएकाले आफू आफ्नै पार्टीमा फर्किएको बताउदै लामिछानेले भने ‘ अब श्रद्धय नेता केपी ओलीकाे नेतृत्वमा रहेकाे एमालेले नै देश विकासको अभियान सन्चालन गर्नेछ ।

कालिका नगरपालिका स्थित भिमाेदय माबिकाे संवरण महाेत्सवमा प्रमुख अतिथिका रुपमा चितवन आएका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्षले पार्टी प्रबेशीहरुलाई जनताकाे पक्षमा इमानदार भै लाग्दै समाजसेवा गर्न समेत सुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0