Open photo

२०८० मङ्सिर २७, बुधबार

भरतपुर चितवन ।कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थी द्वारा गरिएको रिले अनसनलाई अनेरास्ववियु चितवनले एक्यवद्धता जनाएको छ ।

पुनः परीक्षा दिएका कृषि सँकाएका विद्यार्थीले आफुहरुलाई नियतबस फेल गराईएकाे भन्दै कापी हेर्न पाृनुपर्ने माग  सहित रीले अनसनमा बसेका छन् ।

अनृरास्ववियू चितवनका अध्यक्ष द्वारा हस्ताक्षरित विज्ञप्तिमा ” कृषि तथा वन विज्ञान विश्वविद्यालयमा गएकाे मँसिर २० गते प्रकाशित पाँचौं सन्त्रन्तकाे पुनः परिक्षाकाे नतिजा प्रति सँगठनकाे गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ ।

‘ चितवनको भुगाेलमा रहेकाे विश्वविद्यालयमा भएकाे गलत गतिविधिकाे अनेरास्ववियु चितवन मुखदर्शक रहन सक्दैन ‘ प्रेसित विज्ञप्तिमा भनिएकाे छ ।

अध्यक्ष हरी आचार्य द्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत विद्यार्थीकाे समस्या तत्काल समाधान नभएमा सँगठनले आन्दोलनको घाेषणा गर्न सक्ने समेत जनाएको छ ।

नियमित रुपमा परीक्षा दिएका १ सय ८३ जना विद्यार्थी मध्य ९६ जना फेल भएका थिए । फेल भएका विद्यार्थीले माैका परीक्षा दिएकाेमा फेरि पनि ४७ जना फेलभए पछि विद्यार्थीहरुले आफुहरुलाई नियतवश नै फेल गराईएकाे भनी आराेप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0