Open photo

२०८०मङ्सिर २६ मँगलबार

भरतपुर चितवन । पाँचौं सेमिस्टरकाे ‘माेलिकुलर एण्ड पपुलेशन जेनेटिक्स’ विषयकाे माैका परिक्षामा विद्यार्थीहरुलाई नियतवस फेल गराईएकाे आराेप सहित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका विद्यार्थीहरु रीले अनसनमा बसेका छन् । हिजाेबाट विश्वविद्यालयकाे परीक्षा नियन्त्रक कार्यलयकाे मुल गेटमै रीले अनसन शुरु गरिएको छ। विश्वविद्यालयले नियतवस विद्यार्थीलाई फेल गरिएको रीलेमा बसेका विद्यार्थीहरुले आराेप लगाएका छन् ।

नियमित रुपमा परीक्षा दिएका १ सय ८३ जना विद्यार्थी मध्य ९६ जना फेल भएका थिए । फेल भएका विद्यार्थीले माैका परीक्षा दिएकाेमा फेरि पनि ४७ जना फेलभए पछि विद्यार्थीहरुले आफुहरुलाई नियतवश नै फेल गराईएकाे भनी आराेप लगाएका छन् । ‘

आठौं सेमिष्टरमा पढिरहेका छाैँ , पाचौं सेमिस्टरकाे रिजेल्ट यति ढिलाे दियाे त्यै पनि इगाे राखेरै फेल गरायाे ‘ भन्दै विद्यार्थीले भने ‘ अरु सबै विषयमा राम्रो नम्वर ल्याउने , याे विषयमा पनि राम्रोसँग लेख्ने तर फेल गरिदिने ‘  याे नियतबस भएकाे खेल भएकाेले हामीले उत्तर पुस्तिका हेर्न पाउनुपर्ने भनी माग राखेका छन् । ‘

पाँचवटा मात्रै स्याम्पल उत्तरपुस्तिका निकालुन अनि अन्तर्राष्ट्रिय प्राेफेसर वा डिपार्टमेन्ट हेडले वा कसैले कापि चेक गरुन् , फेल भैएछ भने अझै २० वर्ष लगाएर पढ्न हामी तयार छाैँ ‘ – एक विद्यार्थीले भने ।

आफनाे मागकाे सुनुवाइ नभए न्यायका लागि सर्वाेच्च अदालत समेत जाने विद्यार्थीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0