२०८० कार्तिक ८, बुधबार ।

बाँके । दुर्गा भवानीकाे मूर्ति विसर्जनका दिन आज बाँके जिल्लाभर मदिरा खान र बेच्न राेक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति निकालेर बिहान ८ बजे देखि राति १२ बजेसम्म जिल्लाभर मदिरा बेच्न , खान वा ओसारपसार गर्न समेत पूर्ण निषेध गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पाेखरेल द्वारा जारी विज्ञप्तिमा कसैले अटेर गरि याे गतिविधि गरेमा कानुनी कार्वाही गरिने जनाएको छ । दशैकाे भाेलिपल्ट विभिन्न स्थानबाट दुर्गा भवानीकाे मूर्तिलाई भजन कृतन जुलुस सहित नजिकैको पवित्र जल कुण्डमा , नदीमा विसर्जन गर्ने परम्परा छ।

५ बजे अघि नै मूर्ति विसर्जन गर्न समेत प्रशासनले अनुराेध समेत गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0