Open photo

२०८०कार्तिक १० , शुक्रबार

रुकुम पश्चिम । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्रका )अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु कम्जाेर हुनुमा विचार सँश्लेषण छाेड्दै जानू रहेकाे बताएका छन् ।

आगामी विषेश महाधिवेशनबाट पार्टीमा नयाँ विचार सँश्लेषण गरिने समेत उनले बताए । रुकुमकाे बाफिकाेटमा आयाेजित अगुवा कार्यकर्ताकाे भेलालाई सम्बाेधन गर्दै उक्तकुरा बताएका हुन् । ” हिजाे जनयुद्धको बेला हामीले विचार सँश्लषण गर्याैँ , यसले पार्टीलाई केन्दीकृत गर्याे , विचारमा एकरुपता कायमभयाे । तर पछिल्लो समय हामीले विचारलाई सँश्लेषण गर्न नसक्दा वा महत्त्व नदिदा पार्टी र सँगठनले साेचेजस्ताे परिणाम दिन सकेकाे छैन ” सम्बाेधनकाे क्रममा उनले भने ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले भने” यदि हामी कम्जाेर भयाैँभने राजनीतिक प्रणाली र देश नै अप्ठ्यारोमा पर्नसक्ने छ । हामी जुर्मु्रायनाैँ भने देश खतरामा छ । सम्बाेधनकाे क्रममा अध्यक्ष प्रचण्डले दुनियाँमा ठूलाठूला ध्रुवीकरण देखिएकाे र यसले तेस्रो विश्वयुद्धमा सँसार जानसक्ने समेत बताए ।

प्रधानमन्त्री दाहालले माओवादी केन्द्रले शुरुगरेकाे जनता जागृति अभियान नेता सच्चिने र नयाँ आन्दोलनकाे थालनीमा जाने समेत भएकाे बताए ।

प्रधानमन्त्री दाहल पार्टीकाे ३ महिने अभियानको क्रममा रुकुम पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0