Open photo
२०८० कार्तिक ८, बुधबार ।
 चितवन । याे मुसुराे खेती लगाउने सिजन हाे । कार्तिक देखि मङ्सिर भित्र मुसुरो लगाउन सकिन्छ । मुसुराे एक निकासीयाेग्य हिउँदे दलहन बाली हाे ।
२० देखि २५ प्रतिशतसम्म प्राेटिन हुने याे बाली नेपालकाे करिव १ लाख ५० हजार हेक्टर क्षैत्रंफलमा खेती हुने तथ्यले देखाएको ( नेपाल आर्थिक ,कृषि र व्यापार कार्यक्रम ) छ ।
वायुमण्डलमा रहेकाे नाईट्राेजनलाई माटाेमा स्थिर गर्नसक्ने याे बाली काे बजार मूल्य समेत उच्च रहेकाे बजारकाे तथ्यले देखाउँछ । तराई- मधेस, मध्य पहाडी फाँट देखि उपत्यकासम्म खेती हुने मुसुराे काे नेपालमा सरदर १ लाख ५० हजार मे.टन उत्पादन हुनेगरेकाे अनुमान छ ।
पछिल्लाे समय मुसुरोमा जरा कुहिने , पात पहेँलो हुने वा पात डढ्ने राेगले किसानहरुलाई क्षेती पुर्याएकाे र उत्पादन समेत घट्न थालेकाे देखिन्छ । उसाे त खेतीयोग्य जमिनलाई आवासीय प्रयाेजनमा परिचालन हुनु तथा खेतीयोग्य जमिन बाँझै हुनु पनि उत्पादन घट्ने मूल कारण हुन् ।
उत्पादन बढाउन सहि बीउकाे जात छनाैट गर्नु आवस्यक
—————————————————
कम लागत मै खेती गर्न सकिने भएपनि मुसुरो छर्नुभन्दा पहिल्यै स्थान अनुसार बीउकाे सहि छनाैँट गर्नु जरुरी हुन्छ ।
पश्चिम तराई क्षैत्रंमा खजुरा मुसुरो १, र खजुरा मुसुरो २ लाई सिफारिस गरिएको छ भने तरा तथा नदीका फाँट र मध्य पहाडी क्षेत्रमा मुसुरोका शितल,महेश्वर , सिमल, भारती , सगुन ,शिशिर आदि जातलाई सिफारिस गरिएको छ ( कृषि अनुशासन केन्द्र , खजुरा ) ।
हल्का दाेमट माटो नै मुसुरो खेतीयोग्य जमिन मानिन्छ ।
————————————-
मुसुरो खेती २ प्रकारले गर्न सकिन १) धान काट्नु भन्दा १५ दिन अगावै धान खेतमा छर्ने । यसरी खेती गर्दा कम लागत मा बढी उत्पादन हुने सम्भावना रहन्छ । बीउ छर्दा खेतमा पाईतला डाम पर्ने चिसाे हुनु जरुरी हुन्छ । २) खनजाेत गरि छर्ने । याे बिधिमा खेतलाई २-३ पटक जाेतेर बीउ छरिन्छ । मुसुरो खेती ताेरी बालीको साथमा अन्तरबाली विधि अन्तर्गत मिसायर समेत लगाउन सकिन्छ ।
         कति जग्गामा बीउ कति छर्ने
————————————-
Open photo
मुसुरो छर्दा प्रति कठ्ठा १. ५ किलाे का दरले छर्न र यदि ताेरी मिसाएर छर्ने हाे भने ताेरी काे बीउ प्रतिकठ्ठा १ के जी अन्तरबालीकाे रुपमा लगाउन सकिन्छ ।
= छर्नुभन्दा पहिले नै बीउकाे उपचार गर्दा राेग लाग्नबाट बचाउन सजिलाे हुन्छ । जरा कुहिने राेग नियन्त्रण गर्न बेविस्टिन २ ग्राम या नेभिष्टिन वा केभिष्टिन ३ ग्राम प्रति केजी बीउकाे हिसावले बीउमा माेलेर उपचार गर्दा राम्राे हुन्छ ।
= नयाँ ठाउँमा पहिलाेचाेटी मुसुरो खेताी गरिदैछ भने राईजाेवियन जाेरनले उपचार गर्ने । तर बीउलाई विषादीले उपचार गरेकाेभए १० दिन पछिमात्र वाेराेन मिसाउने ।
राईजाेवियमले बीउ उपचार गर्न २५० मिलिमिटर पानीमा २५ गाम चिनी वा सक्कर हाली उमाल्ने । पानी सेलाए पछि त्यसमा ५० ग्राम राइजाेवियन जाेरन मिसाउने । ५ केजी बीउ मिसाई टाँसिनेगरि दल्ने र छायाँमा सुकाउने । याे बिउलाई साेहिदिन वा भाेलिपल्ट छरिदिने ।
       मुसुरो खेतीमा छारपात नियन्त्रण तथा मलखाद
———————————————-
Open photo
बाली लगाउँदा अघिल्लो खेती के थियाे र मलखाद कत्तिकाे छरिएको छ त्यसले ठुलाे प्रभाव पार्दछ ।
सामान्यत: मुसुरो खेतीका लागि प्रतिकठ्ठा ३.५ केजी डिएपी र बाेराेन प्रतिक्ठा ०.७ केजी सिफारिस गरिएको छ । झारपात नियन्त्रणका लागि पेण्डिमिथासिल ३० इसी विषादी प्रति राेपनी १००मिलि २० लिटरका दरले बीउ छरेकाे ३ दिन भित्र स्प्रे गर्ने । आवस्यकता अनुसार २५ दिन र ४५ दिनमा झारपात उखल्ने ।
यदि बिरुवा मर्न वा ओईलाउन थाल्याे भने म्यान्काेजेव २.५ ग्राम प्रति लिटरका दरले छर्ने । मुसुरो बाली पाकेपछि पँहेलाे हुन्छ । करिव ९० प्रतिशत दाना पाक्याे भन्ने एकिन भएपछि बाली काट्नुपर्दछ । फाकेका दाना झर्नपनि सक्छन् तसर्थ बिहानैदेखि जम्मा पार्नुपर्छ ।
यदि राम्रोसँग नपाकि बाली उखालियाे भने भण्डारण गर्दा छिट्टै डुसी लाग्ने,कुहिने वा घुन लाग्नसक्ने हुनाले भण्डारण गर्नुअगावै बालीलाई राम्राेसँग सुकाएर तितेपाती नीम जस्ताे पात वा सल्फास जस्ता धुवाउने चक्की राखेर बन्दगरि राख्नुपर्छ ।
मुसुरो खेती गर्मी प्रकृति दलहन बाली भएकोले यसकाे सेवनले शरीरमा उष्णता कायम गर्ने हुनाले जाडो महिनामा यसबाट बनेका दाल तथा खाद्यान्न मानिहरुले बढि सेवन गरेकाे पाईन्छ ।
दालकाे अलवा बेसन जस्ता पिठाेमा समेत मुसुरो मिसाएकाे पाईन्छ । प्राय विश्वभरि का मानिसले दाल लगाएका सामग्रीको रुपमा मुसुरो सेवन गरेकाे अध्ययनले देखाउँछ ।
मसुराे खेती सजिलोसँग उत्पादन भएरपनप उच्च बजारभाउ पाउनसकिने दलहनबाली हाे ।
Open photo
(लेखक खनाल कृषि तथा वन बिज्ञान विश्वविद्यालय रामपुरकाे Msc. Ag. मा गहुँ खेती गर्ने विभिन्न प्रयाेगमा अनुसन्धानरत विद्यार्थी हुन् ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0