२०८०असाेज ३, बुधबार

चितवन। नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष एवम् प्रेस सेन्टर चितवनका जिल्ला इन्चार्ज प्रकाशमणी ज्ञवालीले भरतपुरमा निर्माण भैरहेको प्रेस चौतारीको भवनका लागि आर्थिक सहयोग गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसर पारेर पत्रकार ज्ञवालीले प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई चौतारी भवन निर्माणका लागि २५ हजार रूपैयाँ सहयोग गर्नुभएको हो ।

Open photo

भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीमा बन्दै गरेको भवन प्रेस चौतारीको देश कै पहिलो भवन हो । पत्रकार ज्ञवालीले प्रेस चौतारी चितवनको भवन सबै पत्रकारहरुको साझा भवन भएको भन्दैं भवन निर्माणको प्रकृयामा विभिन्न ठाउँमा सहयोगका लागि सहजीकरण गरेको स्मरण गर्नुभयो ।

एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुखसमेत रहनुभएका ज्ञवालीले आगामी दिनमा भवनका लागि के कति सहयोग जुटाउन सकिन्छ त्यसका लागि अनवरत रुपमा लाग्ने उहाँको भनाईं छ । भवन निर्माणका लागि सहयोग गर्ने मन पहिल्यैदेखि बनाएको बताउँदै पत्रकार ज्ञवालीले जन्मदिनको अवसरमा अन्य फजुल खर्च नगरी सामाजिक काममा सहयोग गरेको बताउनुभयो । जन्मदिने आमा र भाइसहित प्रेस चौतारीको निर्माणाधीन भवनस्थल पुगेका सापकोटाले जन्मदिनको अवसर पारेर भवनका लागि सकेको सहयोग गर्न पाउँदा आफूलाई खुसी मिलेको बताए ।

लामो समयदेखि चितवनमा पत्रकारिता गर्दै आउनु भएका ज्ञवाली जिल्ला कै अग्रज पत्रकार हुनुहुन्छ । सो अवसरमा चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले भवन निर्माणका लागि ज्ञवालीले प्रदान गरेको सहयोगले संगठनलाई हौसला, उत्पेरणा र उर्जा मिलेको बताउनुभयो । उहाँले जग्गा चौतारीको नाममा भए पनि भवन निर्माणमा सबैको उत्तिकै पसिना, श्रम, मेहनत र लगानी परेको भन्दैं यसलाई साझा रुपमा उपयोग गर्न सकिने बताउनुभयो ।

‘चौतारी भनेको नै साझा विषय हो, चौतारीले कसैलाई शितलता दिन्छु कसैलाई दिन्न भन्दैन, त्यसैले यो सबै अटाउने, सबैलाई शितल छहारी दिने भवन हो’ अध्यक्ष पण्डितले भन्नुभयो ‘सबै पक्षबाट भएको सहयोगबाट भवनलाई चाँडै नै पूर्णता दिइने छ ।’

चाैतारी चितवनकाे भवन निर्माणका लागि सहयाेग  गर्नुहुने पत्रकार मीत्र प्रकाश ज्ञावली ज्यूलाई धन्यवाद मात्र नभै याे पवित्र सामाजिक कार्यमा हातेमालो गर्दै सहयात्राकाे अभियानमा जाेडिनुभएकाेमा प्रेस चाैतारी नेपाल चितवन- नेपाल पत्रकार महासँघका उपाध्यक्ष आदरणीय प्रकाश ज्ञावली ज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछ भन्दै प्रेस चाैतारी चितवनका अध्यक्ष सुवास पण्डितले भन्नुभयाे ”  ज्ञावली ज्यूकाे याे हार्दिकता र सहयाेगकाे चाैतारी चितवनले उच्च मुल्यांकन गर्ने छ ।”

समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं १० धुर जग्गामा बन्दै गरेको भवनको पहिलो तला ढलान गरेर भित्र प्लाष्ट्ररको काम भैरहेको छ । भवनको दोस्रो तला ढलानको तयारीसमेत भैरहेको छ ।

साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0