२०८०असाेज ३, बुधबार।

रत्ननगर,चितवन। रत्ननगर नगरपालिका वडा नम्बर १ , स्थित बकुलहर चाेकबाट इ- प्लानेटले यहि असाेज ५ गतेबाट आफ्नाे सेवा सञ्चालन गर्ने भएको छ।

याे इ-प्लानेटकाे १४ अैाँ शाखा हाे। बिगत १९ बर्ष देखि शैक्षिक परामर्श तथा सेवा प्रदान गर्दै आईरहेकाे यस शैक्षिक परामर्श प्रदायक सँस्थाले हालसम्म हजारौं विद्यार्थीहरुलाई शैक्षिक परामर्श उपलब्ध गराउनुकाे साथै उच्चशिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि आवस्यक IELTS / PTE जस्ता विषयमा शिक्षा तथा परामर्श दिनुका साथै क्यारियर काउन्सिलिङ समेत गर्दै आईरहेकाे छ ।

बकुलहर शाखाका कार्यकारी निर्देशक सिपि अधिकारीका अनुसार” e- planet ” ले अष्ट्रेलिया ,क्यानडा,युएसए,युके का साथै  न्युजिल्यान्डआदि देशमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जान चाहने विद्यार्थीका लागि IELTS/ PTE गराउन आवस्यक परामर्श र शिक्षा दिनुकाे साथै प्रकृयागत परामर्शदाताकाे रुपमा सेवा उपलब्ध गराउँदै आईरहेकाे छ  भने सम्वन्धित देशमा रहेका सँस्थाका परामर्शदाताहरुले समेत आवस्यक सहयोगीकाे रुपमा कार्य कार्य सम्पादन गर्दै आईरहेका छन् ।

ग्र्याण्ड ओपनिङकाे अवसरमा सँस्थाले न्यून शुल्क तथा नि: शुल्क रुपमा आवस्यक परामर्श तथा सेवा दिने समेत सँस्थाले जनाएको छ ।

बकुलहर स्थित याे शाखाकाे उद्धघाटन भने यहि असाेज ५ गते बिहान ७:३० बजे हुने कार्यकारी निर्देशक सिपि अधिकारीले जानकारी दिनुभयाे ।

नेपालबाट दैनिक जसाे हजारौंको सँङ्ख्यामा विद्यार्थी शिक्षा र उज्ज्वल भविष्यकाे खाेजी भन्दै विदेशीने क्रम बढ्दाे छ भने विद्यार्थीका लागि उचित शैक्षिक परामर्श केन्द्र तथा सेवा उपलब्ध गराउने भरपर्दाे सँस्थाकाे आवस्यकता रहिआएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0